काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले प्रतियोगितामा आफ्नो दोस्रो जित निकालेको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो । सुरुवातदेखि नै दबाबमा देखिएको पोखराले लक्ष्यसम्म पुग्न सकेन ।
Read full story at source ( clickmandu.com )