Trending
Prev Story
Next Story

दोभान खोलामा मृत भेटिएका भुवनको हत्या भएको भन्दै सात जनाविरुद्ध जाहेरी

Ekantipur •
November 01, 2026 • 02:02 PM
1
1 reads 0 reactions

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्।

दोभान खोलामा मृत भेटिएका भुवनको हत्या भएको भन्दै सात जनाविरुद्ध जाहेरी

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्।

सल्यान — सल्यानको दार्मा गाउँपालिका–३ स्थित दोभान खोलामा मृत फेला परेका दार्मा–४ गलाँतका २५ वर्षीय भुवन चन्दको हत्या भएको भन्दै परिवारले सात जनाविरुद्ध किटानी जाहेरी दिएको छ। चन्दको मृत्यु खोलाले बगाएर वा मोटरसाइकल दुर्घटनामा नभई हत्या भएको परिवारको दाबी छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्। दोषी फरार हुन सक्ने आशंका गर्दै उनीहरूले जतिसक्दो छिटो अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन्।

शनिबार बिहान दार्मा–३ फारुला बजारनजिकै दोभान खोलामा चन्दको शव कोल्टे परेको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले परिवारले सात जनाविरुद्ध किटानी जाहेरी दिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
बूढी खोलामा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू

बूढी खोलामा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू

काठमाडौँ। सुनसरी र मोरङको सीमा क्षेत्रमा पर्ने इटहरीको बूढी खोलामा छठ पर्व मनाउन भव्य तयारी सुरु गरिएको छ। छठ पर्व नजिकिएसँगै बूढी खोला किनारमा छठ घाट निर्माण, सरसफाइ तथा सजावटका कामलाई तीव्रता दि...

#खोला
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#खोला
Compare →

Related Stories

Technology
Build #2611