Trending
Prev Story
Next Story

विराटनगरमा अल्टिमा लाइफस्टाइल १२औँ आउटलेट

Ekantipur •
November 01, 2026 • 01:01 PM
1
1 reads 0 reactions

नयाँ आउटलेटसँगै ब्रान्डले पूर्वी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउने कम्पनीको लक्ष्य छ । यसमार्फत नवीन प्रविधि, आकर्षक डिजाइनका स्मार्टवाच र गुणस्तरीय अडियो उत्पादनहरू ग्राहकसम्म अझ सहज रूपमा पुर्‍याइनेछ।

विराटनगरमा अल्टिमा लाइफस्टाइल १२औँ आउटलेट

नयाँ आउटलेटसँगै ब्रान्डले पूर्वी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउने कम्पनीको लक्ष्य छ । यसमार्फत नवीन प्रविधि, आकर्षक डिजाइनका स्मार्टवाच र गुणस्तरीय अडियो उत्पादनहरू ग्राहकसम्म अझ सहज रूपमा पुर्‍याइनेछ।

काठमाडौँ — नेपाली अडियो तथा वेयरेबल टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले खुद्रा बजारको विस्तारसँगै आफ्नो १२औँ आधिकारिक आउटलेटमा विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा सञ्चालनमा ल्याएको छ ।

नयाँ आउटलेटसँगै ब्रान्डले पूर्वी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउने कम्पनीको लक्ष्य छ । यसमार्फत नवीन प्रविधि, आकर्षक डिजाइनका स्मार्टवाच र गुणस्तरीय अडियो उत्पादनहरू ग्राहकसम्म अझ सहज रूपमा पुर्‍याइनेछ।

कम्पनीका अनुसार विराटनगरका ग्राहकहरूले यहाँ नवीनतम उत्पादन हेर्न, विशेष छुटमा खरिद गर्न र आकर्षक पुरस्कार जित्न पाउनेछन्।

सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा रहेको यस आउटलेटमा ग्राहकहरूले अल्टिमाका स्मार्टवाच, इयरबड्स, स्पिकर, हेडफोन, पावर बैंकलगायतका प्रविधिजन्य उत्पादन प्रत्यक्ष हेर्न र खरिद गर्न सक्नेछन्।

प्रविधि, आकर्षक डिजाइन र सहज पहुँचलाई प्राथमिकता दिएर सञ्चालनमा आउन लागेको यो आउटलेटले ग्राहकलाई आफ्नो आवश्यकताअनुसार उत्पादन छनोट गर्ने र अल्टिमाका उत्पादनका विशेषता नजिकबाट अनुभव गर्ने अवसर दिने कम्पनीले जनाएको छ।

यो आउटलेटले विराटनगरका ग्राहकहरूका लागि आकर्षक अफरह ल्याएको बताएको छ । यसअन्तर्गत ग्राहकहरूले आफ्ना रोजाइका अल्टिमा उत्पादन विशेष छुटमा खरिद गर्न सक्नेछन्।

उद्घाटनलाई थप रोमाञ्चक बनाउन अल्टिमा लाइफस्टाइलले विराटनगर आउटलेटमा मात्र उपलब्ध विशेष ‘स्पिन एन्ड विन’ अभियान सञ्चालन गरेको बताएको छ। यस अभियानमा ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्, जसमा जोडीका लागि थाइल्यान्ड भ्रमण पनि समावेश छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

#ब्रान्ड #आउटलेट
Compare →

Related Stories

Business & Economy
Build #2612