Trending
Prev Story
Next Story

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

Nagarik News •
November 01, 2026 • 11:53 AM
1
1 reads 0 reactions

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक पोस्ट गरेपछि प्रधानमन्त्री बालेनले पनि त्यसमा प्रतिक्रिया दिएका छन्।

बेनले पत्रकारहरूलाई मेन्सन गर्दै फेसबुकमा लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’

उनको उक्त पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार।’

प्रधानमन्त्रीको यो टिप्पणीले पत्रकार पक्राउ प्रकरणलाई लिएर भइरहेको बहसलाई थप रोचक र विवादास्पद बनाएको छ। सञ्चारमाध्यम र पत्रकारमाथि प्रहरी धरपकड भएको घटनामा सरकारको जवाफदेहिता खोजिरहेका बेला प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार दुवै सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रियामा उत्रिएका हुन्।

संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ भने सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले पत्रकारलाई समाचारको स्रोत गोप्य राख्ने अधिकार प्रदान गरेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारका सार्वजनिक टिप्पणीले पत्रकार पक्राउ प्रकरणको बहसलाई थप पेचिलो बनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १७:३८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
15h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #प्रधानमन्त्रीको #जाने
Compare →
Hamro Patro News
15h ago
चीन जाने नेताहरुसङ्ग प्रधानमन्त्रीको छलफल

चीन जाने नेताहरुसङ्ग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री बालेन्द्र साहले चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उनले सामुहिक छलफल गरेका हुन् ।

#बालेन-शाह #प्रधानमन्त्रीको #जाने
Compare →

Related Stories

Politics & Governance
Build #2612