Trending
Prev Story
Next Story

मेरो इच्छा नै कानुन हो भन्ने भयो, सरकारको प्रवृत्ति चिन्ताजनक छ - गगन थापा

Arthasansar •
November 01, 2026 • 10:04 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् । उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर...

मेरो इच्छा नै कानुन हो भन्ने भयो, सरकारको प्रवृत्ति चिन्ताजनक छ - गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् । उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको पनि बताए ।

उनले भने,‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो । प्रवृत्ति चिन्तित नै बनाउने खालको छ । हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो । शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूले गलत भयो भन्ने बोल्ने काम भएको छ । सरकारले कुनै कुरा गलत गर्दा हामी बोल्थ्यौं ।

त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको सरकार हो, नेपाली कांग्रेसको सरकार भएको हुनाले त्यो सरकारले गरेको काम भएकाले विरोध तिम्ले गरेर पुग्दैन, जिम्मा तिम्ले लिनुपर्छ । किनकी तिमि पनि त्यो पार्टीको हो । यो सिद्धान्त तपाईँहरूलाई लागु हुन्छ कि हुँदैन ? यो प्रश्न हाम्रो हो । यो सिद्धान्त कांग्रेस–एमालेको हकमा लागु हुने, अनि रास्वपाको नहुने ?  सरकारले राम्रो काम गरेको छ भने रास्वपा,सरकारको कुनै काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ? सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
2d ago
सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा …

#गगन-थापा #गगन #थापा
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2611