Trending
Prev Story
Next Story

नेपालबाट सरकारी संयन्त्र मार्फत श्रमिक लैजान मौरिसस तयार

Onlinekhabar •
November 01, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपालबाट सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिक लैजाने मौरिसस तयार भएको छ । श्रमिकको लागत रोजगारदाताले नै बेहोर्ने गरी सरकारी संयन्त्र मार्फत नेपालबाट श्रमिक लैजान मौरिसस तयार भएको हो । नेपाली श्रमिकका लागि सुरक्षित, …

नेपालबाट सरकारी संयन्त्र मार्फत श्रमिक लैजान मौरिसस तयार

१५ कात्तिक, काठमाडौं । नेपालबाट सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिक लैजाने मौरिसस तयार भएको छ ।

श्रमिकको लागत रोजगारदाताले नै बेहोर्ने गरी सरकारी संयन्त्र मार्फत नेपालबाट श्रमिक लैजान मौरिसस तयार भएको हो ।

नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत बेहोर्ने सिद्धान्तबाट वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले नेपाल र मौरिससबीच सरकार–सरकार प्रणाली मार्फत श्रमिक लैजाने प्रक्रिया अघि बढेको छ ।

नेपालको प्रस्तावलाई मौरिससले जीटुजी प्रणाली मार्फत लैजाने सहमति रहेको जानकारी गराएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मौरिससको नयाँ दिल्लीस्थित उच्च आयोगले २९ अक्टोबर २०२६ मा परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्दै समझदारीपत्रको संशोधित मस्यौदा उपलब्ध गराएको छ ।

प्रस्तावित समझदारी मार्फत उत्पादन, निर्माण, कृषि, पर्यटन तथा सूचना प्रविधि लगायत क्षेत्रमा नेपाली श्रमिकका लागि आकर्षक पारिश्रमिक र सेवासुविधा सहित रोजगारी अवसर विस्तार गर्ने लक्ष्य छ ।

मस्यौदामा सरकारी तहबाट सञ्चालन हुने श्रमिक भर्ती संयन्त्र, दक्ष तथा तालिमप्राप्त श्रमिक छनोट, दुवै देशका कानुन अनुरूप भर्ती प्रक्रिया, रोजगारदाताको जिम्मेवारी, श्रमिक अधिकार तथा कल्याण र रोजगारी समाप्ति वा करार अन्त्य भएपछि स्वदेश फिर्तासम्बन्धी व्यवस्था समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि ९ जुन २०२६ मा स्विट्जरल्यान्ड जेनेभामा  श्रममन्त्री रामजी यादव र मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मोहम्मद रेजा कसाम उतेमबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।

भेटमा मन्त्री यादवले जीटुजी प्रणाली मार्फत श्रम सहकार्य विस्तार गर्ने प्रस्ताव गरेका थिए । मौरिससका श्रममन्त्री उतेमले श्रमिक भर्तीको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था रहेको जानकारी दिँदै नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर सिर्जना गर्न तथा नेपालमा अन्तर्राष्ट्रिय रोजगार मेला आयोजना गर्न इच्छुक रहेको बताएका थिए ।

नेपालको प्रस्तावित संशोधित समझदारीपत्र अन्तिम रूप दिएर अघि बढ्न मौरिससले प्रतिबद्धता जनाएको छ । यसले नेपाली श्रमिकका लागि आकर्षक, सुरक्षित र मर्यादित रोजगारीका अवसर विस्तार गर्ने सरकारको प्राथमिकता बलियो बनाएको श्रम मन्त्रालयको दाबी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
नेपाल–मौरिससबीच श्रमिक पठाउन सम्झौताको तयारी

नेपाल–मौरिससबीच श्रमिक पठाउन सम्झौताको तयारी

काठमाडौं । नेपाल र मौरिससबीच सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले जीटुजी प्रणालीको प्रक्रियाका निम्ति सहमत रहेको ...

#श्रमिक #जीटुजी #मौरिसस
Compare →
Nagarik News
2w ago
मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे छलफल

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासम उतेमसँग भेटवार्ता गरेका छन्।

#श्रमिक #मौरिसस
Compare →
Ekantipur
1w ago
कुवेतमा रोजगारदाताले श्रमिकको तलबबाट १० प्रतिशतभन्दा बढी रकम कटाउन नपाउने

कुवेतमा रोजगारदाताले श्रमिकको तलबबाट १० प्रतिशतभन्दा बढी रकम कटाउन नपाउने

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (पीएएम) ले श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकको तलबबाट गर्न पाउने कटौतीको सीमा स्पष्ट पार्दै यस्तो व्यवस्था रहेको जनाएको हो ।

#श्रमिक
Compare →
Setopati
5d ago
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले?

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले?

यसले बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने कानुनी व्यवस्था गरेको उनको भनाइ छ।

#श्रमिक
Compare →
Bizshala
5d ago
उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

काठमाण्डौ । सरकारी ठेक्काको लागत अनुमान बनाउँदा अब श्रमिकको ज्यालासँगै सरकारले बेहोर्ने सामाजिक सुरक्षा योगदानको रकम...

#श्रमिक
Compare →

Related Stories

National (Nepal)
Build #2612