Trending
Prev Story
Next Story

वाल स्ट्रिट जर्नल र रुपर्ट मर्डोकविरुद्ध ट्रम्पले दायर गरेको मुद्दा किन भयो खारेज ?

Onlinekhabar •
November 01, 2026 • 09:00 AM
1
1 reads 0 reactions

अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चर्चित पत्रिका द वाल स्ट्रिट जर्नल र मिडिया उद्योगपति रुपर्ट मर्डोकविरुद्ध दायर गरिएको २० अर्ब डलरको मानहानी मुद्दा खारेज गरिदिएको छ। जेफ्री एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे पत्रिकाले प्रकाशित गरेको समाचारलाई …

वाल स्ट्रिट जर्नल र रुपर्ट मर्डोकविरुद्ध ट्रम्पले दायर गरेको मुद्दा किन भयो खारेज ?

अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चर्चित पत्रिका द वाल स्ट्रिट जर्नल र मिडिया उद्योगपति रुपर्ट मर्डोकविरुद्ध दायर गरिएको २० अर्ब डलरको मानहानी मुद्दा खारेज गरिदिएको छ। जेफ्री एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे पत्रिकाले प्रकाशित गरेको समाचारलाई लिएर राष्ट्रपति ट्रम्पले हालेको मुद्दा अदालतले शनिबार खारेज गरेको हो।

यस वर्ष सङ्घीय अदालतले एपस्टिन सम्बन्धबारे प्रकाशित समाचारमा ट्रम्पले हालेको कानुनी चुनौतीलाई खारेज गरिदिएको यो दोस्रो पटक हो।

‘एक्चुअल म्यालिस’ प्रमाणित गर्न नसकेको ठहर

फ्लोरिडाको साउदर्न डिस्ट्रिक्टका सङ्घीय न्यायाधीश डारिन गेल्सले शनिबार दिउँसो २० पृष्ठ लामो फैसला जारी गर्दै ट्रम्प पक्षको मुद्दा खारेज गरेका हुन्। न्यायाधीशले यो संशोधित मुद्दालाई पुनः अदालतमा पेस गर्न नमिल्ने गरी खारेज (डिसमिस्ड विथ प्रेजुडिस) गरिदिएका छन्।

सङ्घीय अदालतले सार्वजनिक व्यक्तित्वहरूका सम्बन्धमा गरिने समाचारमा मानहानी पुष्टि गर्न ‘न्युयोर्क टाइम्स भर्सेज सुलिभान’ ले तय गरेको उच्च कानुनी मापदण्डअनुसार पत्रिकाले गलत नियत (एक्चुअल म्यालिस) ले समाचार छापेको कुरा ट्रम्प पक्षले प्रमाणित गर्न नसकेको ठहर गरेको छ।

फैसला सुनाउँदै न्यायाधीश गेल्सले भने, ‘द्वेष वा गलत नियतबारे लगाइएका आरोपहरू अस्पष्ट, विरोधाभासपूर्ण र असान्दर्भिक छन्। प्रतिवादीहरूलाई समाचारका सामग्रीहरू झुटो हुन् भन्ने थाहा थियो वा हुनुपर्थ्यो भन्ने कुरा ट्रम्प पक्षले पुष्टि गर्न सकेन।’

विवादको पृष्ठभूमि र २० अर्ब डलरको माग

राष्ट्रपति ट्रम्पले जुलाई २०२५ मा द वाल स्ट्रिट जर्नल र रुपर्ट मर्डोकविरुद्ध २० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै पहिलोपटक अदालतमा मुद्दा हालेका थिए।

एपस्टिनको जन्मदिनमा पठाइएको एउटा अशोभनीय वा कामुक (बाउडी) पत्रमा ट्रम्पको नाम र हस्ताक्षर रहेको समाचार पत्रिकाले प्रकाशित गरेको थियो। ट्रम्पले भने उक्त पत्र फेक भएको दाबी गर्दै आएका छन्।

न्यायाधीश गेल्सले अप्रिल महिनामा पनि ट्रम्पको सुरुआती मुद्दा खारेज गरेका थिए, तर संशोधन गरेर पेस गर्ने मौका दिएका थिए। शनिबार सोही संशोधित निवेदनमाथि फैसला गर्दै न्यायाधीशले मुद्दा नै खारेज गरिदिएका हुन्।

डउ जोन्स र ट्रम्पको कानुनी टोलीको प्रतिक्रिया

फैसलापछि वाल स्ट्रिट जर्नलको माउ कम्पनी ‘डउ जोन्स’का प्रतिनिधिले प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामी अदालतको यस फैसलाबाट निकै प्रसन्न छौँ।’

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पको कानुनी टोलीका प्रवक्ताले भने मुद्दालाई माथिल्लो निकाय वा अन्य कानुनी बाटोबाट निरन्तरता दिने बताएका छन्, ‘राष्ट्रपति ट्रम्पले वाल स्ट्रिट जर्नल र अन्य प्रतिवादीहरूविरुद्ध आफ्नो सशक्त कानुनी लडाइँ जारी राख्नुहुनेछ। फेक न्युज र आक्षेपमार्फत अमेरिकी जनतालाई भ्रमित पार्नेहरूलाई राष्ट्रपतिले कानुनी दायरामा ल्याएर छाड्नुहुनेछ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
अर्बौं डलरको मानहानिसम्बन्धी बीबीसीविरुद्ध ट्रम्पको मुद्दा अघि बढ्ने

अर्बौं डलरको मानहानिसम्बन्धी बीबीसीविरुद्ध ट्रम्पको मुद्दा अघि बढ्ने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बीबीसीले गर...

#ट्रम्प #मुद्दा
Compare →
Nagarik News
2d ago
ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।

#ट्रम्प #मुद्दा
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Technology
Build #2612