Trending
Prev Story
Next Story

भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

Onlinekhabar •
November 01, 2026 • 08:01 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण …

भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

१५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको छ ।

योजनाका अनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।

निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सवारी आवागमनमा रोक लागिएको हो ।

सडक योजना कार्यालयले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पृथ्वी #राजमार्ग
Compare →
Hamro Patro News
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः नियमित भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Ekantipur
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Nagarik News
3d ago
सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

#पृथ्वी #राजमार्ग
Compare →

Related Stories

National (Nepal)
Build #2612