Trending
Prev Story
Next Story

धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

Onlinekhabar •
November 01, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि …

धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।

सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।

सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर छ । पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए । पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए ।

स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न जोखिम हुने गरेको बताए ।

क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका उनले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर...

#पुल #सम्पन्न
Compare →
Nagarik News
5d ago
धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।

#पुल #सम्पन्न
Compare →
Ekantipur
3d ago
भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

#पुल
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

World News
Build #2611