Trending
Prev Story
Next Story

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

Onlinekhabar •
November 01, 2026 • 08:00 AM
1
1 reads 0 reactions

अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको …

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको भनाइ छ।

सन् २०२६ को अक्टोबर २९ वा सोही आसपासको समयमा बाइनान्सबाट ६ अर्ब डलरभन्दा बढी मूल्यका भर्चुअल सम्पत्ति चोरी भएको र यसमा उत्तर कोरिया जिम्मेवार रहेको एफबीआईले जनाएको छ। तर आफ्नो विज्ञप्तिमा अमेरिकी निकायले यसको कुनै प्रमाण भने दिएको छैन। अमेरिकी अधिकारीहरूले उत्तर कोरियाको ‘ट्रेडरट्रेटर’ नामक ह्याकर समूहले उक्त आक्रमणको आयोजना गरेको विश्वास गरेका छन्।

एफबीआईका अनुसार ह्याकरहरूले चोरी गरिएका सम्पत्तिहरूलाई मुख्य रूपमा ‘इथरियम’ क्रिप्टोकरेन्सीमा परिवर्तन गर्नेछन्। एफबीआईले भनेको छ, ‘यी सम्पत्तिहरूलाई अझ अगाडिको शुद्धीकरण (लन्डरिङ) को चरणमा लैजानका लागि डिफाई र इन्स्ट्यान्ट स्वाप सेवाहरू प्रयोग गरी शुद्धीकरण गरिने अपेक्षा गरिएको छ।’

आक्रमणबाट भएको नोक्सानीको भर्पाई गर्न बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जले आफ्नो ‘सेक्योर एसेट फन्ड फर युजर्स’ बाट ५० प्रतिशत रकम छुट्याउने भएको छ। यसअघि प्लेटफर्मले आक्रमणका क्रममा चोरी भएको रकमको ९० प्रतिशत हिस्सा शोधभर्ना गरिसकेको बताएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौँ । उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (...

#उत्तर #क्रिप्टोकरेन्सी #कोरियाली
Compare →
Nagarik News
11h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#उत्तर #कोरियाली #ह्याकर
Compare →
Bizshala
11h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरियाली #ह्याकर
Compare →

Related Stories

Business & Economy
Build #2611