Trending
Prev Story
Next Story

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

Ekantipur •
November 01, 2026 • 05:31 AM
1
1 reads 0 reactions

उम्मेदवार छनोट समन्वयका लागि सात उपसमिति गठन गर्दै रास्वपाले समावेशिता, प्रविधि, गुनासो तथा क्षमता विकासमा जिम्मेवारी तोकेको छ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

उम्मेदवार छनोट समन्वयका लागि सात उपसमिति गठन गर्दै रास्वपाले समावेशिता, प्रविधि, गुनासो तथा क्षमता विकासमा जिम्मेवारी तोकेको छ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा भएको बैठकले’क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि विभिन्न ७ उपसमिति गठन गरेको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा तोशिमा कार्की र क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोमलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने

उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कडा ...

#रास्वपा #उम्मेदवार #छनोट
Compare →
Onlinekhabar
1w ago
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन …

#रास्वपा #उम्मेदवार
Compare →
Nagarik News
3d ago
‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611