Trending
Prev Story
Next Story

ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै सुरुङ खनेर भागे आठ कैदीबन्दी

Ekantipur •
November 01, 2026 • 05:01 AM
1
1 reads 0 reactions

नयाँ इन्चार्ज खटाएको तीन दिनमै शनिबार कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।

ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै सुरुङ खनेर भागे आठ कैदीबन्दी

नयाँ इन्चार्ज खटाएको तीन दिनमै शनिबार कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।

लागूऔषध कारोबारको घटना भएपछि डोल्पा जिल्ला कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। नयाँ इन्चार्ज खटाएको तीन दिनमै शनिबार कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।

घटनाले कारागारको सुरक्षा निगरानी र व्यवस्थापनमाथि प्रश्न उठाएको छ। फरार हुने कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ खनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रमुख जिल्ला अधिकारी हमालका अनुसार सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेकाले त्यसलाई छल्दै खनिएको देखिएको छ। प्रारम्भिक विवरणअनुसार सुरुङको लम्बाइ करिब साढे तीन मिटर र गहिराइ चारदेखि पाँच फिट रहेको उनले बताइन्।

कैदीबन्दीले सुरक्षा व्यवस्था र कमजोरी पहिचान गरेर योजनाबद्ध रूपमा भागेको हुन सक्ने उनको भनाइ छ। ‘सुरक्षा व्यवस्थाको योजना राम्रो भए पनि कार्यान्वयन र तत्काल प्रतिक्रिया जनाउन केही समय लागेको देखिन्छ,’ उनले भनिन्, ‘यसलाई सुरक्षाकर्मीको लापरबाही मात्रै नभई समग्र सुरक्षा व्यवस्थापन र निगरानीको कमजोरीप्रति प्रश्न उठ्छ ।’ घटनापछि कारागारमा खटिएका सुरक्षाकर्मीको ड्युटी र जिम्मेवारीबारे समीक्षा भइरहेको छ। सीसीटीभी क्यामेराको अवस्थासमेत निरीक्षण भइरहेको र पुराना क्यामेरा झिकेर परीक्षण गर्ने काम भइरहेको हमालले जानकारी दिइन्। सुरक्षा व्यवस्थामा देखिएका कमजोरीबारे छानबिन भइरहेको उनले बताइन्।

फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले सूचना जारी गरेको छ। उनीहरूको मोबाइल फोनको प्राविधिक अनुसन्धान भइरहेको छ। जिल्ला बाहिर वा सीमा पार गरेको हुन सक्ने आशंकामा सम्भावित नाका तथा आवतजावतका स्थानमा तस्बिरसहितको विवरण पठाएर निगरानी गर्न भनिएको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।

फरार व्यक्तिहरूका तस्बिर सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा समेत सार्वजनिक गरिएको छ। उनीहरूको खोजीका लागि केन्द्रीय तहबाट पनि टोली परिचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्।

डोल्पा प्रहरी प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि सम्भावित सबै क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। तर, उनीहरू कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस सुराक प्राप्त भएको छैन। मोबाइल फोनको प्राविधिक अनुसन्धानसमेत भइरहेको उनले बताए।

घटना कसरी भयो र कारागारको सुरक्षा व्यवस्थामा कहाँ कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले काम सुरु गरिसकेको डीएसपी गिरीले जानकारी दिए।

कारागारबाट फरार भएका आठ जनामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरी मुद्दाका व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला कारागारमा १७ जना कैदीबन्दी तथा थुनुवा रहेकोमा आठ जना फरार भएका थिए। शनिबार बिहान ६ बजे कैदीबन्दीको गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ, अझै ६ फरार

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ, अझै ६ फरार

काठमाडौं । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रुकुम पश्चिममा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्र...

#फरार #सुरुङ #खनेर
Compare →
Nagarik News
5d ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#फरार #सुरुङ #खनेर
Compare →
Onlinekhabar
1w ago
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

१८ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै …

#फरार #भागे
Compare →

Related Stories

Education & Youth
Build #2612