Trending
Prev Story
Next Story

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

Onlinekhabar •
November 01, 2026 • 04:31 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ। पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला …

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ।

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ।

जसअन्तर्गत क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लब मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

सारांश Summarized by AI राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता गर्न आह्वान गरेको छ । तर कोशी प्रदेशका ३०% पालिकामा वडाध्यक्षका लाग...

#रास्वपा #आवेदन
Compare →
Ekantipur
2d ago
दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।

#छनोट
Compare →
Nagarik News
3d ago
‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611