Trending
Prev Story
Next Story

सिर्सिया नदी प्रदूषण रोक्न उद्योगलाई २४ घण्टा प्रशोधन केन्द्र सञ्चालन गर्न निर्देशन

Ekantipur •
November 01, 2026 • 04:01 AM
1
1 reads 0 reactions

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको हो।

सिर्सिया नदी प्रदूषण रोक्न उद्योगलाई २४ घण्टा प्रशोधन केन्द्र सञ्चालन गर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको हो।

पर्सा — लामो समयदेखि औद्योगिक तथा अन्य फोहोरका कारण प्रदूषित हुँदै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि पर्साका राजनीतिक दल, स्थानीय तह, प्रशासन र सरोकारवालाहरूले संयुक्त पहल गर्ने निर्णय गरेका छन्। नदीमा प्रशोधन नगरी रासायनिकयुक्त पानी मिसाउने उद्योगलाई रोक लगाउँदै आफ्नै फोहोर प्रशोधन केन्द्र २४ सै घण्टा सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको हो। बैठकमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको विशेष उपस्थिति थियो।

बैठकले यसअघि सिर्सिया नदी प्रदूषण नियन्त्रणका सम्बन्धमा भएका निर्णय र कामकारबाहीको समीक्षा गर्दै औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रासायनिकयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रत्येक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ।

व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य संघको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्ने तयारी अघि बढाइने भएको छ। यसका लागि उपयुक्त जग्गा पहिचान गरी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने निर्णय गरिएको छ।

त्यसैगरी सिर्सिया नदीको दीर्घकालीन पुनःस्थापनाका लागि संघीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिने निर्णयसमेत बैठकले गरेको छ। वीरगन्ज महानगरपालिका र आसपासका पालिकाहरूले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढललाई डाइभर्सन गर्ने प्रक्रिया अघि बढाउने भएका छन्। यसका लागि तीनै तहका सरकारको बजेट साझेदारीमा 'सिर्सिया नदी संरक्षण संयुक्त कोष' स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने निर्णय भएको छ।

आसन्न छठ पर्वलाई लक्षित गर्दै नदी सफा राख्न उद्योगहरूलाई विशेष आग्रह गरिएको छ। पूजाआजा अवधिभर उद्योगबाट निस्कने विभिन्न चिजवस्तु तथा फोहोर नदीमा विसर्जन गर्न रोक्ने र उद्योगहरूमा रहेको प्रशोधन प्लान्टबाट प्रशोधित सफा पानी मात्र नदीमा छोडी नदीलाई स्वच्छ बनाउने निर्णय गरिएको छ।

बैठकले सिर्सिया नदीलाई दीर्घकालीन रूपमा स्वच्छ तथा प्रदूषणरहित बनाउन नीतिगत, कानुनी, संरचनागत र स्रोतसाधनको व्यवस्था गर्न सम्बन्धित सबै पक्षबाट आवश्यक पहल गर्ने निष्कर्षसमेत निकालेको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मेकानिकल इन्जिनियर सन्तोष कोइराला, विभिन्न उद्योग र राजनीतिक दलका प्रतिनिधिहरूसमेत सहभागी थिए।

पर्सा–बारा औद्योगिक करिडोर भएर गुज्रिएको सिर्सिया नदी चार दशकभन्दा लामो समयदेखि प्रदूषित हुँदै आएको छ। नदी प्रदूषणका जिम्मेवार उद्योगहरूले खुलेआम नदीमा आफ्ना उद्योगबाट निस्कने फोहोर पानी र खरानी फाल्छन्। सरकारी निर्देशनको अवज्ञा गर्दै ती उद्योगले लामो समयदेखि नदीलाई प्रदूषित बनाएर तटीय क्षेत्रमा पर्ने पर्सा र बाराका थुप्रै मानव बस्तीका बासिन्दालाई कष्ट दिइरहेका छन्।

यो प्रदूषित नदीकै किनारमा दुवै जिल्लामा दुई दर्जनभन्दा बढी स्थानमा छठ घाट निर्माण गरी पूजा गर्ने परम्परा छ। वर्षेनी छठ पर्वका समयमा यसरी नदी सफाइको मुद्दा उठे पनि त्यसपछि भने सेलाउने गरेको छ। यो नदी भारतमा पुग्दा त्यहाँका बासिन्दालाई समेत नदीको प्रदूषण र यसबाट निस्कने दुर्गन्धले कष्ट दिने गरेको छ। भारतीयहरू पनि यो समस्याको समाधान खोजिरहेका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी ...

#सिर्सिया #प्रदूषण
Compare →
Nagarik News
4d ago
पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

#प्रदूषण
Compare →
Onlinekhabar
18h ago
आर्थिक गणनामा ६ प्रदेशको लगत प्रशोधन सम्पन्न

आर्थिक गणनामा ६ प्रदेशको लगत प्रशोधन सम्पन्न

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको …

#प्रशोधन
Compare →

Related Stories

World News
Build #2611