Trending
Prev Story
Next Story

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

Onlinekhabar •
November 01, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो। साढे दुई लाखभन्दा बढी जनसङ्ख्या …

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

१५ कात्तिक, काठमाडौं । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

साढे दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको सु सहरनजिकै गएको यस भूकम्पको केन्द्रबिन्दु समुद्रमुनि ३५२ किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर पनि सार्वजनिक भएको छैन।

युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरको वेबसाइटमा स्थानीयले भूकम्पको धक्का निकैबेरसम्म महसुस गरिएको जानकारी गराएका छन्।

सुरुमा हल्का धक्का महसुस भएको र बिस्तारै त्यो तीव्र हुँदै गएको उनीहरूले बताएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

#भूकम्प #जापान #म्याग्निच्युड
Compare →
Hamro Patro News
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अव...

#भूकम्प #जापान #म्याग्निच्युड
Compare →
Ekantipur
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

#भूकम्प #जापान #म्याग्निच्युड
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#जापान
Compare →

Related Stories

Science & Climate
Build #2611