Trending
Prev Story
Next Story

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

Onlinekhabar •
November 01, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनभित्र लुकेर बसिरहेका छन्। करिब …

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

१५ कात्तिक, काठमाडौं । रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ।

उनीहरू पुराना ग्यास पाइपलाइनभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट चौडा यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ।

कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने यी पाइपलाइनहरू अहिले युक्रेनी सैनिकहरूलाई खाना, हतियार र अन्य अत्यावश्यक सामग्री पुर्‍याउने बाटो बनेका छन्।

रुसले पहिले गरेको थियो पुराना पाइपलाइनको प्रयोग

युक्रेनको कुपियान्स्क क्षेत्रमा पुराना ग्यास पाइपलाइनको करिब १२९ किलोमिटर लामो नेटवर्क छ। गत वर्षको अन्त्यतिर रुसी सैनिकहरू यिनै पाइपलाइनमार्फत कुपियान्स्कमा प्रवेश गर्न सफल भएका थिए। त्यसपछि युक्रेनी सेनाले पनि जमिनमुनिबाटै जवाफी कारबाहीको योजना बनायो।

यसका लागि युक्रेनको नेसनल गार्डको जासुसी एकाइले यी पाइपलाइनहरूको नक्सा जुटायो। साथै, यी पाइपलाइन बनाउने पुराना ग्यास विशेषज्ञहरूको मद्दतले भूमिगत मार्गहरू प्रयोग गर्ने योजना तयार गरियो।

त्यसपछि पाइपलाइनमा हावा प्रवाह गर्न भेन्टिलेसन सिस्टम जडान गरियो, जुन यस सम्पूर्ण कामको सबैभन्दा कठिन हिस्सा थियो।

यी पाइपलाइनमार्फत सैनिकहरूसम्म खाना र गोलाबारुद पुर्‍याइन्छ। यसका लागि साना विद्युतीय गाडीहरूको प्रयोग गरिन्छ।

दिउँसो यी गाडीहरूबाट अत्यावश्यक सामग्री भित्र पठाइन्छ भने राति सुरुङ खन्दा निस्किएको माटोका बोराहरू बाहिर ल्याइन्छ। सैनिकहरू राति मात्र केही समयका लागि बाहिर निस्कन पाउँछन्।

साँघुरो बाटोका कारण घुँडाको भरमा घिस्रिन्छन् सैनिक

यी पाइपलाइनभित्र सैनिकहरूले निकै कठिन परिस्थितिमा बस्नुपर्छ। बाटो यति साँघुरो छ कि उनीहरूले निहुरिएर वा घुँडाको भरमा घिस्रिँदै अगाडि बढ्नुपर्छ। त्यहाँ न सूर्यको प्रकाश पुग्छ, न त ताजा हावा नै पाइन्छ।

दिसापिसाबका लागि सैनिकहरू प्लास्टिकका झोला र बोतलको प्रयोग गर्छन्। पाइपलाइनमा ग्यासका बाँकी अवशेष, धुलो र हावाको कमीले पनि उनीहरूका लागि खतरा पैदा गर्छ।

घाइते सैनिकहरूलाई पनि यिनै बाटाहरूबाट बाहिर निकालिन्छ। मोर्चामा मारिएका सैनिकहरूको शव पनि यिनै पाइपलाइनमार्फत बाहिर ल्याइन्छ।

थर्मल इमेजिङका कारण पक्राउ पर्न सजिलो

ड्रोन र थर्मल इमेजिङ प्रविधिले खुला मैदानमा सैनिकहरूको आवतजावतलाई अत्यन्तै खतरनाक बनाएको छ।

थर्मल इमेजिङको मद्दतले ड्रोनले जमिनमा रहेका मानिसहरूको शरीरको तापक्रम पहिचान गर्न सक्छन्। यस्तो अवस्थामा सैनिकहरूका लागि लुकेर अगाडि बढ्न पनि सहज छैन।

यही कारणले गर्दा युक्रेनले आफ्नो सेनाका केन्द्रहरू, निगरानी चौकीहरू र सामान राख्ने केन्द्रहरूलाई आपसमा जोड्न भूमिगत सुरुङहरूको नेटवर्क बनाउने सम्भावनाहरू खोजिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ

रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ

लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट गिरफ्तार गरिएको हो। लन्डनक...

#रुस #सैनिक
Compare →
Nagarik News
3d ago
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#रुस #युक्रेनी
Compare →
Bizshala
1w ago
होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी...

#ग्यास
Compare →
Arthasansar
15h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#रुसी #ड्रोन #युक्रेनी
Compare →
Ekantipur
6d ago
तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’

#ग्यास
Compare →

Related Stories

World News
Build #2611