यसअघिका दुई सिजन यस्तो भएको थिएन, सुरुआती केही खेलमा विदेशी खेलाडी हाबी भएका थिए, यी व्यक्तिगत अवार्डमा । अझ गत सिजन त केही समय नेपाली खेलाडी ओझेलमा जस्तै परेका थिए ।
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा सम्भव सुरुका ६ खेलको सबैभन्दा उल्लेखनीय एउटा पक्ष थियो, जति खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन् ती सबै नेपाली खेलाडी नै थिए ।
यसअघिका दुई सिजन यस्तो भएको थिएन, सुरुआती केही खेलमा विदेशी खेलाडी हाबी भएका थिए, यी व्यक्तिगत अवार्डमा । अझ गत सिजन त केही समय नेपाली खेलाडी ओझेलमा जस्तै परेका थिए ।
क्रिकेट पण्डितहरू यसपल्ट नेपाली खेलाडीको प्रदर्शन निर्णायक हुनु राम्रो मानिरहेका छन् । सूची नै बनाउने हो भने यसपालि उत्कृष्ट खेलाडी चुनिनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी, कर्णाली याक्सका युनिशसिंह ठकुरी तथा सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी र जनकपुर बोल्ट्सका राहुल यादव रहेका छन् । विराटनगर किंग्सविरुद्ध प्राप्त जितमा सोमपालको प्रदर्शन त सनसनीपूर्ण नै रह्यो ।
यस्तो एउटा प्रश्न, प्रतियोगिताको छोटो इतिहासमा प्लेयर अफ द म्याच अवार्डमा समग्रमा नेपाली खेलाडीको बाहुल्य छ कि विदेशीको ? यस्तोमा बिहीबारसम्म नतिजा आएका ७० खेलमा नेपाली खेलाडी नै उत्कृष्ट खेलाडीको अवार्ड जित्ने बढी छन् । यी खेलमा ३८ पटक नेपाली खेलाडी निर्णायक रहे, बाँकी ३२ खेलमा विदेशी ।
अझ रमाइलो के छ भने यसअघिका दुई सिजनका कुल ६४ खेलमा यो अवार्ड जित्ने ठ्याक्कै आधी–आधी भएको देखिन्छ, ३२ नेपाली र ३२ विदेशीलाई । यो सिजन लगातार ६ खेलमा नेपाली खेलाडी निर्णायक भएपछि विदेशी पछाडि परेको देखिएको हो । अहिलेसम्मका प्ले–अफका कुल ८ खेलमा भने यस्तै स्थिति छ, ठ्याक्कै चार–चार पटक । दुई फाइनलमा दुवै पटक विदेशी खेलाडी निर्णायक रहे ।
यो भनेको पहिलो सिजन जनकपुर बोल्ट्सका लागि श्रीलंकाका लाहिरू मिलान्था र लुम्बिनी लायन्सका लागि दक्षिण अफ्रिकाका नामिबियाली रुबेन ट्रम्पलमन ‘प्लेयर अफ द म्याच’ को अवार्ड जितेका थिए । अब अर्को प्रश्न प्रतियोगितामा सहभागीमध्ये कुन टिमले सबैभन्दा बढी यो अवार्ड जितेको छ त ? यसको उत्तरमा पनि सुदूरपश्चिम धेरै अगाडि छ । दुईपल्टको उपविजेता सुदूरपश्चिमले १५ पटक यो अवार्ड जितेको छ ।
त्यसमा चारपल्ट त कप्तान दीपेन्द्रसिंह ऐरीले यो अवार्ड हात पारेका छन् । अझ उल्लेखनीय तथ्य के भने उनी तीनै सिजन कुनै न कुनै खेलमा ‘प्लेयर अफ द म्याच’ हुने एक्लो खेलाडी हुन् । विनोद भण्डारीले पनि तीन पटक यो अवार्ड जितेका छन् । त्यसपछि जनकपुर, काठमान्डु गोर्खाज र कर्णालीको नाम आउँछ । यी टिमले ९–९ पटक यो अवार्ड आफ्नो नाममा लेखाएका छन् ।
समान आठ पटक यो अवार्ड जित्ने टिममा विराटनगर र लुम्बिनी लायन्स छन् । त्यसपछि आउँछ, चितवन राइनोज । यो टिम सात पटक यो अवार्डमा विजेता रह्यो । पोखरा एभेन्जर्सले पाँचपल्ट अवार्ड जितेको छ । टोली पुछारमा छ । संयोगले यी सबै विदेशी खेलाडीकै नाममा रह्यो । यस्तोमा अहिलेसम्म प्ले–अफ खेल्न असफल एकमात्र टिम पोखराका कोही पनि स्वदेशी खेलाडीले यो अवार्ड जित्न सकेका छैनन् ।
सम्भवतः यो टिम सुरुआती दुवै सिजनमा लिग चरणमै रोकिनुको कारण स्वदेशी खेलाडीको निर्णायक प्रदर्शन हुन नसक्नु पनि हुनसक्छ । विदेशी खेलाडीमध्ये कर्णालीका लागि विल बोसिस्टो चारपल्ट ‘प्लेयर अफ द म्याच’ भएका छन् । क्रिकेटमा यो अवार्डको विशेष अर्थ हुन्छ । यसले प्रतियोगितालाई रोमाञ्चक बनाउने गर्छ । यसमा नेपाली खेलाडी अझ बढी हाबी हुन्छ भने त्यो झन राम्रो हुनेछ ।