Trending
Prev Story
Next Story

यी हुन् डोल्पा कारागारबाट सुरुङ खनेर भाग्ने आठ कैदी

Ekantipur •
November 01, 2026 • 02:01 AM
1
1 reads 0 reactions

शनिबार बिहान कैदी गणनाका क्रममा उनीहरू नपुगेपछि घटना खुलेको हो, प्रहरीले खोजी र प्रशासनले घटनाबारे छानबिन अघि बढाएका छन्।

यी हुन् डोल्पा कारागारबाट सुरुङ खनेर भाग्ने आठ कैदी

शनिबार बिहान कैदी गणनाका क्रममा उनीहरू नपुगेपछि घटना खुलेको हो, प्रहरीले खोजी र प्रशासनले घटनाबारे छानबिन अघि बढाएका छन्।

काठमाडौँ — डोल्पा कारागारबाट शनिबार बिहान सुरुङ खनेर फरार भएका आठ कैदीको पहिचान खुलेको छ। फरार हुनेमा रुकुमपश्चिमका तीन, जाजरकोटका दुई, डोल्पाका दुई र सल्यानका एक जना छन्।

फरार हुनेमा रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी, सोही नगरपालिकाको वडा नम्बर ३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी र वडा नम्बर ५ का ३८ वर्षीय तिलक भण्डारी छन्।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक पनि फरार भएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र वडा नम्बर ४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा पनि फरार हुनेमा छन्।

उनीहरू शनिबार बिहान कारागारबाट सुरुङ खनेर फरार भएका हुन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले कैदी फरार भएको घटनामा छानबिन गरिरहेको छ । झन्डै चार मिटर लामो सुरुङ खनेर कैदीहरु फरार भएका थिए ।

शनिबार बिहान कैदी गणना गर्दा आठ जना नपुगेपछि मात्र उनीहरु फरार भएको कुरा खुलेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सुरुङ खनेर डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। पछिल्लो पक्राउसँगै प्रहरी नियन्त्रणमा आउने कैदीको संख्या ६ पुगेको छ।

#कैदी #डोल्पा #कारागार
Compare →
Onlinekhabar
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ …

#कैदी #डोल्पा #कारागार
Compare →
Nagarik News
4d ago
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#डोल्पा #कारागार #कैदी
Compare →

Related Stories

Education & Youth
Build #2612