डिएगो मारेराले एक गोल गर्दै अर्को दुई गोलमा सहयोग गरेपछि एसी मिलान १० खेलबाट २१ अंकसहित चौथो स्थानमा पुगेको छ।
काठमाडौँ — एसी मिलानले इटालीको सिरी ए मा शनिबार आफ्नो छिमेकी इन्टर मिलानमाथि ३–१ को शानदार जित हात पारेको छ । मिलान डर्बीमा विजयी टिमका लागि डिएगो मारेराले एक गोल गरे र अर्को दुई गोलमा सहयोगी भूमिका निभाए ।
अर्को प्रमुख खेलमा एएस रोमाले युडिनेजीलाई ५–२ ले हरायो । मिलान १० खेलबाट २१ अंकमा चौथो स्थानमा पुगेको छ भने रोमा २४ अंकमा तेस्रो स्थानमा छ ।
हारपछि इन्टर २५ अंकमा दोस्रो स्थानमा कायम रह्यो । यो शीर्ष स्थानमा रहेको लाजियोका लागि मौका हुनेछ । लाजियाको पनि समान २५