Trending
Prev Story
Next Story

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

Onlinekhabar •
November 01, 2026 • 01:30 AM
1
1 reads 0 reactions

१५ कात्तिक, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको …

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार चालु वर्षको साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा कोरलानाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ मूल्यबराबरको मालवस्तु आयात भएको जानकारी दिए ।

त्यसैगरी, नेपालबाट भने २८ करोड ६३ लाख रुपैयाँ मूल्यबराबरको मालवस्तु चीनतर्फ निकासी भएको छ । यस अवधिमा मुस्ताङ भन्सार कार्यालयमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युती सवारीसाधन (ईभी)को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार अधिकृत सिंहले जानकारी दिए । गत वर्ष मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

दशैंअघि असोज २७ गतेसम्म कार्यालयले आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेकामा दसैँपछि भने थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार अधिकृत सिंहले बताए ।

दशैंअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ मालवस्तु कोरलानाका हुँदै नेपालतर्फ आयात भएकामा दसैँपछि भने थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ मूल्यबराबरको चिनियाँ मालवस्तु नेपालतर्फ आयात भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ ।

त्यसैगरी, चालु वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरलानाकाबाट तीन हजार ९२६ वटा बिद्युतीय सवारीसाधन नेपाल भित्रिएकामा दशैंपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा विद्युतीय सवारीको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले जानकारी दिए ।

उनका अनुसार रसुवागढीनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द हुँदा कोरलानातर्फको निकासी तथा पैठारी कारोबार बढेको छ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी घटनापछि त्यहाँबाट मार्ग परिवर्तन भई सयौँ कन्टेनरका मालवस्तु कोरलानाकाबाट पैठारी भएको हो ।

चीनतर्फको एकमात्रै वैकल्पिक नाकाका रूपमा स्थापित भइरहेको कोरलानाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, औधोगिक कच्चा पदार्थ खाद्यान्न, फलफूल, दशैंतिहारजस्ता चाडपर्व लक्षित सामग्रीका साथै विद्युतीय सवारी नेपालतर्फ पैठारी भइरहेको छ । नेपाल–चीन उत्तरी कोरलानाका गत वर्षको भदौ ३१ गते सरकारले पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।...

#राजस्व #सङ्कलन
Compare →
Ekantipur
5d ago
बढ्दै छन् मुस्ताङ भित्रने पर्यटक

बढ्दै छन् मुस्ताङ भित्रने पर्यटक

तिहार नजिकिएसँगै स्वदेशी पर्यटकको संख्या दुई तिहाइले वृृद्धि भएको हो ।

#मुस्ताङ
Compare →
Nagarik News
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

#मुस्ताङ
Compare →

Related Stories

Business & Economy
Build #2611