Trending
Prev Story
Next Story

प्रहरीका निःशुल्क बस सेवाबाट ३ हजारभन्दा बढी यात्रु लाभान्वित

Ekantipur •
October 22, 2026 • 12:36 PM
1
1 reads 0 reactions

दसैंमा सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ ।

प्रहरीका निःशुल्क बस सेवाबाट ३ हजारभन्दा बढी यात्रु लाभान्वित

दसैंमा सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ ।

काठमाडौँ — दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् ।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म २ हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा भोलि शुक्रबारसम्म जारी रहने जनाएको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मंगलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन १ हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए ।

सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै आज पनि सेवा जारी रहेको बताए ।

दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिनाशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍यायाउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको दुई प्रहरी संगठनको निःशुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्नेक्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा : झण्डै २ हजार ५०० लाभान्वित

भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा : झण्डै २ हजार ५०० लाभान्वित

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्व...

#निःशुल्क #लाभान्वित
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#निःशुल्क
Compare →
Nagarik News
2d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#निःशुल्क
Compare →
Onlinekhabar
2d ago
भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

२५ कात्तिक, काठमाडौं । तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज …

#निःशुल्क
Compare →

Related Stories

National (Nepal)
Build #2612