Trending
Prev Story
Next Story

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ । निकै नाटकिय रुपमा ढिला गरी सुरु भएको ५-५ ओभरमा खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै …

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

निकै नाटकिय रुपमा ढिला गरी सुरु भएको ५-५ ओभरमा खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर १०५ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर शेहान जयासूर्याले सर्वाधिक ३९ रन बनाए । यस्तै अर्का ओपनर लोकेश बमले २५ रन जोडे ।

वान डाउनमा ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गरे । उनले अविजित २९ रन बनाए ।

सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए ।

५ ओभरको खेलमा विराटनगरका लागि लोकेश बमसँगै शेहान जयासुर्या ओपनिङमा आए भने सुदूरपश्चिमका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन स्पीनर थरिन्दु रत्नायाके पहिलो खेल्दै पहिलो ओभर बलिङ गरे ।

पहिलो ओभरमै जयासुर्याले रत्नायाकेलाई ५ छक्का प्रहार गर्दा विराटनगरले पहिलो ओभरमा ३५ रन जोड्यो ।

जयासुर्या र लोकेश बमले दुवै छेउबाट विष्फोटक ब्याटिङ गर्दा विराटनगरले ८ बलमै अर्धशतक पूरा गर्दै आक्रमक सुरुवात गरेको थियो ।

शेहान जयासुर्याले तेस्रो ओभरमा आउट हुनुअघि ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ३९ रन बनाएका थिए । अभिनाश बोहराको बलमा एलबीडब्लु भएका थिए । अम्पायरले सुरुमा आउट नदिएपनि रिभ्युमार्फत जयासुर्या आउट भए ।

उनी आउट भएपछि क्रिजमा आन्द्रे रसेल आए ।

सुदूरपश्चिम र विराटनगरबीचको खेल शनिबार साँझ ५ बजे हुने तय थियो । तर वर्षाले पानी जमेकोले टीयू मैदानमा पानी सुकाउन समय लागेकोले बेलुका ७:२५ मा टस गर्ने र ७:४१ मा खेल सुरु गर्ने तय भएको थियो ।

तर टसको समयमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने क्रिजमा गएपनि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी भने गएनन् ।

क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक समेत रहेका पारस खड्का देखि म्याच रेफ्रीसँग लामो छलफल चलेको थियो । तोकिएको समयमा टस र म्याच सुरु हुन सकेन । त्यसपछि पनि एक घण्टा भन्दा बढी समयमको अन्योलपछि ८:५४ बजे बल्ल सुदूरपश्चिमका खेलाडी खेल खेल्न तयार भएका थिए । ९ बजे टस गर्ने र ९:१५ मा टस गर्ने तय भयो ।

टस किन ढिला भयो सुदूरपश्चिमका खेलाडी र व्यावस्थापनले टसका लागि किन तयार भएनन् भन्ने आधिकारिक जानकारी नआएपनि आउटफिल्ड केही गिलो भएकोले र विदेशी खेलाडी खेल्न तयार नभएकोले सुदूरपश्चिम टसका लागि जान नमानेको मैदानमा देखिएको थियो ।

खेल हुने भएपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जित्दै बलिङ रोजे र विराटनगरलाई ब्याटिङको निम्तो दिएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले...

#एनपीएल #प्रिमियर-लिग #ओभर
Compare →
Arthasansar
13h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
13h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

World News
Build #2611