Trending
Prev Story
Next Story

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा …

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

१४ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिए ।

सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अबरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो ।

आयोजनालले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्यव नगरिकनै बलजफती बाटो बन्द गरेको उनले बताए । जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नं. १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ ।

मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दु:खका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटरबाटो परम्परागत रूपमा, लास बोक्ने, कृयापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो ।

मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ । मेलम्ची आयोजना सुन्दरीजल साइटका इञ्जिनीयर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउँछन् ।

कालोपत्र गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उनले सुनाए । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि जाने पर्यटक, पर्वतारोही र स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उच्च उचाइमा लाग्ने रोग व्यवस्थापनका लागि पहिलो राष्ट...

#जाने
Compare →
Ekantipur
4d ago
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

बा ९९ प ८२०२ नम्वरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

#नुवाकोट
Compare →
Nagarik News
4d ago
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

#नुवाकोट
Compare →

Related Stories

World News
Build #2612