Trending
Prev Story
Next Story

पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

Nagarik News •
October 31, 2026 • 12:08 PM
1
1 reads 0 reactions

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृ*त्यु भएको थियो।

पाल्पामा विपद् : दश वर्षमा १०२ जनाको मृ*त्यु

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो।

गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए। यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन्। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको प्रजिअ पाण्डेले बताए। उनका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब रु ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ।

प्राकृतिक विपद्को प्रहार कृषि, पशुपन्छी, सडक, सिँचाइ, तटबन्ध र खानेपानीका संरचनासम्म पुगेको छ। कृषि बालीमा मात्रै करिब रु एक करोड ५० लाख र पशुपन्छी तथा मत्स्य क्षेत्रमा रु ४५ लाख ७५ हजार बराबरको क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी रु २७ लाख ७० हजार, तानसेन नगरपालिकामा रु १० लाख ८५ हजार र माथागढी गाउँपालिकामा रु सात लाख २० हजार बराबरको क्षति भएको छ।

बाढीपहिरोले १२९ घर तथा संरचनामा क्षति पुर्‍याएको छ भने ७० वटा खानेपानी आयोजनामा असर परेको छ। खानेपानी संरचना मर्मतका लागि रु दुई करोड ४० लाख आवश्यक पर्ने खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ। यस्तै, १४ वटा सिँचाइ आयोजनाको पुनःनिर्माणका लागि रु तीन करोड ९५ लाख र माडीफाँटमा तटबन्ध निर्माणका लागि रु आठ करोड ८६ लाखभन्दा बढी आवश्यक देखिएको छ।

सडक सञ्जाल पुनःनिर्माणमा करोडौँको भार

बाढीपहिरोले सङ्घीय तथा प्रादेशिक सडक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गतका छ वटा सडक आयोजनाको मर्मतका लागि रु १६ करोड ८३ लाख लाग्ने अनुमान गरिएको छ।

सिद्धार्थ राजमार्ग, बर्तुङ–तानसेन–रिडी सडक, रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक, मदनभण्डारी राजमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पहिरो, सडक भासिने र कटानका समस्या देखिएका छन्।

भिमाद–रामपुर–मित्याल–अरुणखोला सडकको केलादीघाटस्थित पुलमा समेत क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। त्यसैगरी, प्रादेशिक सडकअन्तर्गतका आठ वटा सडक मर्मत तथा पुनः सञ्चालनका लागि रु तीन करोड ७५ लाख आवश्यक पर्ने सडक पूर्वाधार कार्यालयले जनाएको छ। तानसेन–रानीमहल, हुमिन–सिमल्दी–पूर्वखोला, रामपुर–कपुरकोटलगायतका सडकमा पहिरो, कटान र सडक भासिने समस्या देखिएको छ।

सम्भावित विपद् रोक्न प्रशासनको सतर्कता

आगामी दिनमा हुन सक्ने बेमौसमी वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

सङ्घीय सांसद, जिल्ला समन्वय समिति, राजनीतिक दल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सरकारी कार्यालयका प्रमुखहरूको बैठकले विपद्बाट हुन सक्ने थप क्षति न्यूनीकरण गर्न सबै पक्षलाई जिम्मेवार भएर कार्यक्षेत्रमा खटिन र सावधानी अपनाउन निर्णय गरेको छ।

विपद्का कारण जनधनको क्षतिसँगै जिल्लाको पूर्वाधार पुनःनिर्माणमा ठूलो आर्थिक भार थपिएको पाण्डेको भनाइ छ।

प्रकाशित: १४ कार्तिक २०८३ १७:५३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानवहात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि...

#वर्षमा #जनाको #त्यु
Compare →
Onlinekhabar
10h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जनाको #त्यु
Compare →
Ekantipur
17h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#जनाको #त्यु
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #त्यु
Compare →

Related Stories

Technology
Build #2612