Trending
Prev Story
Next Story

देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल तरूण दलको अध्यक्षमा काभ्रेपलाञ्चोकका दिल लामालाई मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्षमा …

देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा

१४, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल तरूण दलको अध्यक्षमा काभ्रेपलाञ्चोकका दिल लामालाई मनोनीत गरेको छ ।

देउवा समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्षमा मनोनीत गरेका हुन् ।

मनोनयन पत्रमा विधानको धारा ४२ (१) (च) बमोजिम अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ ।

लामालाई ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ ।

उनी यसअघि पूर्वअध्यक्ष विद्धान गुरूङको कार्यसमितिमा केन्द्रीय सदस्य थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिक महाधिवेशनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अघि बढाएको छ । यसैक्रममा देउवा समूह...

#शेरबहादुर-देउवा #देउवा #लामा
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Technology
Build #2612