Trending
Prev Story
Next Story

नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी

Ekantipur •
October 31, 2026 • 10:31 AM
1
1 reads 0 reactions

अन्डर–८ देखि ओपन विधासम्मका खेलाडी सहभागी प्रतियोगिताका शनिबार हिट चरण र आइतबार फाइनल प्रतिस्पर्धा हुँदैछ।

नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी

अन्डर–८ देखि ओपन विधासम्मका खेलाडी सहभागी प्रतियोगिताका शनिबार हिट चरण र आइतबार फाइनल प्रतिस्पर्धा हुँदैछ।

नेपालगन्ज — नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका हुन् । नगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

दुई दिने प्रतियोगिताको शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएकोमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ ।

भारतको नयाँ दिल्ली इलाइट स्वीमिङ एकेडेमीले ४ स्वर्ण, ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं एउटा एक स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतियोगिगतामा अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलाडीहरुका बीचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । शनिबार केही प्रतियोगिताको हिट चरण सम्पन्न भइ आइतबार फाइनल प्रतिष्पर्धा हुनेछ ।

नेपाल स्वीमिङ एसोशियसनसंग सहकार्य गरेर आयोजन हुन लागेको  नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडी सहभागी भएका छन् ।

च्याम्पियनसिपलाई नबिल बैंकले टाइटल स्पोन्सर गरेको छ । स्वीमिङलाई प्रबर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।

#सहभागी
Compare →
Nagarik News
4d ago
कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

#सहभागी
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुने

१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुने

२२ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट …

#सहभागी
Compare →

Related Stories

Sports
Build #2612