Trending
Prev Story
Next Story

पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

Ekantipur •
October 31, 2026 • 10:31 AM
1
1 reads 0 reactions

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउँदै व्यवसायीले भारतीय लगानीकर्ता, ट्राभल एजेन्ट, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरिरहेका छन्।

पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउँदै व्यवसायीले भारतीय लगानीकर्ता, ट्राभल एजेन्ट, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरिरहेका छन्।

भैरहवा — भोटेकोशी बाढीपछि नेपालका पर्यटकीय गन्तव्यबारे भारतमा फैलिएको नकारात्मक सन्देश चिर्न दुई देशका पर्यटन व्यवसायी सक्रिय भएका छन् । भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यले उनीहरूले गन्तव्य प्रवर्द्धन र व्यावसायिक सहकार्यलाई तीव्रता दिएका छन् ।

पर्यटन व्यवसायीका अनुसार रसुवामा बाढी आएपछि भारतबाट आउने पर्यटकको संख्यामा कमी आएको छ। विपद्लगत्तै भारतीय ट्राभल व्यवसायीले नेपालका विभिन्न गन्तव्य भ्रमणका लागि गरेका बुकिङ रद्द गरेका थिए। बाढीले नेपाल नै प्रभावित भएको सन्देश फैलिएपछि भारतीय नागरिक नेपाल आउन हिचकिचाएको व्यवसायी बताउँछन्।

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउन रुपन्देही, नवलपुर र चितवनका व्यवसायी एकजुट भएका हुन्। उनीहरूले भारतीय लगानीकर्ता, टुर एन्ड ट्राभल्स व्यवसायी, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरी गन्तव्यको प्रचारप्रसार गरिरहेका छन्। यसक्रममा भारतीय व्यवसायीलाई सहभागी गराएर व्यापार प्रवर्द्धनका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।

करिब एक महिनाअघि बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि लुम्बिनी होटल संघ र उत्तरपूर्व भारतीय पर्यटन महासंघबीच समझदारी भएको थियो। भारतका विभिन्न आठ राज्यबाट आएका पर्यटन व्यवसायी र लुम्बिनी होटल संघबीच गन्तव्यको प्रचारप्रसारमा सहकार्य गर्ने सहमति भएको हो।

लुम्बिनी होटल संघको निमन्त्रणामा आएका भारतीय व्यवसायीलाई लुम्बिनी, तिलौराकोटलगायत गन्तव्यको भ्रमण गराउनुका साथै राउन्ड टेबल कार्यक्रम आयोजना गरिएको थियो। नेपालमा विपद्को असर नरहेको र अधिकांश गन्तव्य सुरक्षित रहेको जानकारी दिन कार्यक्रम आयोजना गरिएको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले बताए।

‘लुम्बिनी र भारतका उत्तरपूर्वका आठ राज्यबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ,’ उनले भने, ‘यसले आगामी दिनमा भारतीय पर्यटक आकर्षित गर्न मद्दत गर्नेछ।’ दुई महिनाअघि संघकै अगुवाइमा भारतको बिहार र उत्तर प्रदेशका पर्यटन व्यवसायीलाई लुम्बिनी आमन्त्रण गरेर आगामी दिनमा गर्न सकिने सहकार्यबारे छलफल गरिएको थियो। त्यसको केही समयअघि लुम्बिनीबाट व्यवसायीको टोली भारतको कुशीनगरमा आयोजित पर्यटन कार्यक्रममा सहभागी भएको थियो।

होटल संघ लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेपाल र भारतका व्यवसायीबीच निरन्तर भइरहेका छलफल र भेटघाटले गन्तव्यको प्रचारमा सघाएको बताए। यस्ता भेटघाटबाट दुवै मुलुकका पर्यटकले एकअर्काको देशमा भोग्नुपरेका समस्याबारे जानकारी पाउने गरेको उनले बताए। ‘भोटेकोशी बाढीपछि धेरै क्षति बेहोर्नु परेको छ,’ उनले भने, ‘बाढीले नेपाल तहसनहस भएको हल्ला फैलियो, त्यसले बुकिङ रद्द भए।’ एकअर्काका गन्तव्यको प्रचारमा दुवै मुलुकका व्यवसायी एकजुट हुनु सुखद भएको उनले बताए।

दुई दिनअघि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहलमा भारतका विभिन्न सहरमा रहेका पर्यटन व्यवसायी र सञ्चारकर्मीको प्रतिनिधिमण्डल नेपाल आएको छ। उक्त प्रतिनिधिमण्डल रुपन्देहीको बेलहिया नाकाहुँदै नवलपुर र चितवन पुगेको थियो। कार्यक्रम संयोजक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोम सापकोटाले नेपालका गन्तव्य सुरक्षित रहेको जानकारी दिन भारतबाट व्यवसायीलाई आमन्त्रण गरिएको बताए। ‘नेपाल–इन्डिया क्रस बोर्डर टुरिजम कनेक्ट’ अभियानमार्फत भारतीयलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको प्रवक्ता सापकोटाले बताए। पछिल्लोपटक भारतका विभिन्न सहरबाट २३ जना ट्राभल एजेन्ट, ब्लगर र पर्यटन क्षेत्रका सरोकारवाला आएका हुन्।

कार्यक्रममा सहभागी इन्डो–नेपाल टुरिजम वेल्फेयर सोसाइटीका संस्थापक डा. जतिन्दर पाल सिंहले भारतीय पर्यटकलाई नेपाल ल्याउन नियमित प्रयास भइरहेको बताए। ‘आफैं नेपालमा आएर गन्तव्यको प्रचार गरिरहेको छु,’ उनले भने, ‘भारतमा पनि यही सन्देश फैलाइरहेको छु।’ प्रतिनिधिमण्डलमा चर्चित भ्लगरसमेत सहभागी छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
12h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भारतीय #पर्यटन #भारत
Compare →
Hamro Patro News
6h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#भारतीय #भारत
Compare →
Bizshala
11h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →
Nagarik News
12h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय #भारत
Compare →

Related Stories

World News
Build #2611