Trending
Prev Story
Next Story

गोरखाको चुमभ्याली जाने चारवटै काठे पुल बाढीले बगायो, आउजाउ फेरि ठप्प

Ekantipur •
October 31, 2026 • 10:01 AM
1
1 reads 0 reactions

बुढीगण्डकी बाढीपछि स्थानीयले बनाएका काठेपुल सञ्चालनमा आएको केही दिनमै बगेपछि चुमभ्याली आवतजावत पुनः रोकिएको छ।

गोरखाको चुमभ्याली जाने चारवटै काठे पुल बाढीले बगायो, आउजाउ फेरि ठप्प

बुढीगण्डकी बाढीपछि स्थानीयले बनाएका काठेपुल सञ्चालनमा आएको केही दिनमै बगेपछि चुमभ्याली आवतजावत पुनः रोकिएको छ।

गोरखा — लगातारको बर्षाले चुमभ्याली जाने चुमनुब्री–६ लोक्पा सर्दिभीर क्षेत्रका चारवटै काठे पुल बगाएको छ । काठेपुल बगाएपछि चुमभ्याली आउजाउ फेरि ठप्प बनेको छ ।

२५ असोजको बुढीगण्डकी बाढीले सर्दिभीरको क्यान्टिलिभर (भीर खोपेर बनाएको) पुल बगाएर आउजाउ ठप्प बनेपछि सोही क्षेत्रमा चार वटा काठेपुल राखेर आउजाउ सुरु गरिएको थियो ।

केही दिनअघि संचालनमा आउका चार वटै काठेपुल शनिबार बिहान बाढीले बगाएको चुमनुब्री–६ लोक्पाका स्थानीय शेराप गुरुङले बताए । ‘१०/१५ दिनसम्म काम गरेर काठेपुल र बाटो निर्माण भएको थियो, काम गरेको पैसा पनि पाएको छैन, फेरि पुल र केही बाटो पनि भत्किएको छ,’ उनले भने,‘पालिकामा पनि कुरा गरिसकेका छौं, वडामा पनि कुरो भएको छ, भोलिबाटै फेरि काम सुरु गर्ने कि छलफल गरिरहेका छौं ।’

२५ असोजको बाढीले सर्दिभीरको क्यान्टिलिभर पुल र लोक्पानजिकैको झोलुङ्गे पुल बगाएपछि चुमनुब्री–६ चुम्चेत र वडा ७ को छेकम्पार आउजाउ दुई साता ठप्प बनेको थियो । पुल बगाएको ठाउँमा स्थानीयले काठेपुल राखेर केही दिनअघि मात्र आउजाउ सुरु गरेका थिए । ‘काठेपुल बनेपछि पर्यटकहरु पनि चुमभ्याली गएका थिए, खाली खच्चड पनि पास भएका थिए,’ उनले भने,‘गएराति खोला बढेर पुल बगाएपछि फेरि पहिलेकै अवस्थामा पुर्‍यायो ।’

चार वटै काठेपुल बगाएपछि चुम्चेत र छेकम्पार आउजाउ फेरि ठप्प बनेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘आपतकालीन अवस्थाका लागि भनेर काठेपुल हालेका थियौं, चार वटै बगाएछ,’ उनले भने,‘अब मौसम हेरेर फेरि अध्ययन गरेर पुल निर्माण सुरु गछौं ।’ पुल नहुँदा चुम्चेत र छेकम्पार उपभोग्य सामग्री ढुवानी तथा आउजाउ ठप्प बनेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर...

#पुल
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड …

#पुल #काठे
Compare →
Nagarik News
4d ago
स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

#पुल
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Science & Climate
Build #2611