Trending
Prev Story
Next Story

पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले …

पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक, काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।

धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र  वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ ।

सो कान्तिलोकपथका ललितपुर महानगरपालिका–२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ ।

त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको  पाल्पाखण्डमा  रामपुर नगरपालिका–१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#अवरुद्ध #गाउँपालिका
Compare →
Nagarik News
1d ago
हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग

हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग

टर्कीको अन्ताल्यामा जारी कोप-३१ अन्तर्गत नेपाल पेभेलियनमा आयोजित उच्चस्तरीय छलफलमा नेपालले हिमाली मुलुक र समुदायको संरक्षणका लागि अनुदानमा आधारित, पर्याप्त र अनुमानयोग्य जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

#मुलुक
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#अवरुद्ध
Compare →
Hamro Patro News
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै र...

#अवरुद्ध
Compare →

Related Stories

World News
Build #2612