Trending
Prev Story
Next Story

बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, गोरखा । बेनिघाट आरूघाट लार्के सडक अन्तरगतको खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगाएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सडक बगाएको हो । गोरखा सडक योजनाका अनुसार सो खण्डमा करिब एक सय …

बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक

१४ कात्तिक, गोरखा । बेनिघाट आरूघाट लार्के सडक अन्तरगतको खोर्लाबेसी खण्ड बूढीगण्डकी नदीले पुन: बगाएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सडक बगाएको हो ।

गोरखा सडक योजनाका अनुसार सो खण्डमा करिब एक सय मिटर सडक बगाएको छ । गत असोज २५ गते आएको बाढीले सोही खण्डमा करिब दुई सय पचास मिटर सडक बगाएको थियो ।

‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’

नदीमा पानीको बहाव कम भएपछि मर्मतको काम सुरु हुने उनले बताए ।

‘अहिले नदीमा पानीको बहाव बढेकाले काम गर्न सक्ने अवस्था छैन, कम भएपछि मेसिन लगाएर काम सुरु गर्छाैं,’ पुनले भने ।

बेनिघाट आरुघाट लार्के हुँदै तिब्बत जोड्ने उक्त सडक उत्तरी गोरखाको मुख्य लाइफलाइन सडक हो । सडक बगाएपछि उत्तरी गोरखाका स्थानीयलाई आउजाउमा मात्र होइन खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या परेको छ ।

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै

छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै

चार दशकदेखि औद्योगिक फोहोरले प्रदूषित नदीमा पानीको बहाव बढाएर असर घटाउने योजना अघि सारिए पनि गण्डक नहर बन्द छ।

#पानी #बहाव
Compare →

Related Stories

Technology
Build #2612