Trending
Prev Story
Next Story

कस्तो छ प्रवासी नेपालीको दसैं तयारी ?

Ekantipur •
October 17, 2026 • 04:05 PM
1
1 reads 0 reactions

भूगोलको जुनसुकै कुनामा पुगे पनि नेपाली मनभित्र नेपाली पर्व र यसका संस्कारजन्य पक्षसँग बेग्लै लगाव र अपनत्व छ । हामीले १५ विभिन्न देशमा रहेका २६ प्रवासी नेपालीको दसैं अनुभव संकलन गरेका छौं । उनीहरू दसैं कसरी सम्झिन्छन् ? दसैंका बेला के गर्छन् ?

कस्तो छ प्रवासी नेपालीको दसैं तयारी ?

संसारको जुनसुकै कुनामा रहे पनि नेपालीहरू बडादसैंलाई आफ्नो संस्कृति र पहिचानको अभिन्न अंगका रूपमा मनाउँछन् । मस्कोमा बस्ने नेपालीहरूका लागि दसैंको मुख्य आकर्षण नेपाली दूतावासमा आयोजना हुने टीका कार्यक्रम हो । दूतावासमा पुग्न नसक्नेहरूले भने आफ्नो कार्यस्थल वा अध्ययनस्थलमै दसैं मनाउँछन् । छात्रावासमा बस्ने नेपाली विद्यार्थीहरू एकै ठाउँमा भेला भएर मीठो परिकार पकाउँछन्, सँगै खान्छन् र यस शुभ दिनलाई रमाइलोसँग मनाउँछन्। परदेशमा यस्ता सानो जमघटले पनि घरको न्यानोपन दिन्छ ।

घरपरिवारदेखि टाढा रहेकाहरूका लागि आजको प्रविधि ठूलो सहारा बनेको छ । भिडियो कलमार्फत नेपालमा रहेका आमाबुबा, दाजुभाइ, दिदीबहिनी र आफन्तहरूसँग कुराकानी गर्दै, उनीहरूको आशीर्वाद लिँदै धेरैले दसैं मनाउँछन्।

तर जतिसुकै प्रयास गरे पनि आफ्नै देशमा, आफ्नै परिवारसँग मनाइने दसैंको ठाउँ कुनै पनि कुराले लिन सक्दैन । यस्तो ठूलो चाडमा देशको याद आउनु स्वाभाविक हो । काम र अध्ययनको सिलसिलामा हरेक वर्ष घर फर्कन सम्भव नहुने भएकाले हामी जहाँ छौं, त्यहीँबाट यो चाडलाई जीवन्त राख्ने प्रयास गर्छौं ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

#दसैँ
Compare →

Related Stories

National (Nepal)
Build #2611