Trending
Prev Story
Next Story

पत्रकार धरपकड : प्रहरी प्रवक्ताले हटाए मध्यरातिको वक्तव्य

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति मेटाएको छ । प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ बजेर ४० मिनेटमा ह्वाट्सएप ग्रुपमार्फत प्रष्टीकरण दिन जारी गरेको विज्ञप्तिलाई प्रहरीले शनिबार बिहान मेटाएको हो …

पत्रकार धरपकड : प्रहरी प्रवक्ताले हटाए मध्यरातिको वक्तव्य

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति मेटाएको छ ।

प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ बजेर ४० मिनेटमा ह्वाट्सएप ग्रुपमार्फत प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति लाई प्रहरीले शनिबार बिहान मेटाएको हो ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको थियो । ‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा भनिएको थियो ।

नेपाल प्रहरीले शुक्रबार नयाँ पत्रिका कार्यालयमा साढे २ घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो । केही पत्रकारलाई पक्राउ पछि छाडेको थियो ।

उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको थियो ।

प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ थियो ।

प्रधानमन्त्री कार्यालयबाट भएको उक्त चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेको प्रहरीको वक्तव्यमा उल्लेख थियो ।

यस्तो थियो प्रहरीले ह्वाट्सएप ग्रुपमा पठाएको वक्तव्य

हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो ।

यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पत्रकारमाथिको धरपकडबारे सरकारका प्रवक्ताले झुट बोले, प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिए

पत्रकारमाथिको धरपकडबारे सरकारका प्रवक्ताले झुट बोले, प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिए

पत्रकारमाथिको धरपकडबारे सरकारका प्रवक्ताले झुट बोले, प्रहरीको आन्तरिक कुरा भन्दै पन्छिए केहि सेकेन्ड अघि काठमाडौं : शुक्रवार समाचार कक्षभित्रै प्रवेश गरेर तीन पत्रकार पक्राउ र दुई पत्रकारको पक्रा...

#पत्रकार #धरपकड #प्रवक्ताले
Compare →
Ekantipur
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल पत्रकार महासंघले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

#पत्रकार #धरपकड
Compare →
Bizshala
1w ago
पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ...

#पत्रकार #धरपकड
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

National (Nepal)
Build #2612