Trending
Prev Story
Next Story

पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड

Ekantipur •
October 31, 2026 • 06:01 AM
1
1 reads 0 reactions

एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो ।

पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड

एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो ।

काठमाडौँ — नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की प्रमुख अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’को १९औं संस्करणमा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो ।

अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाउँदै आएको यो फिल्मले यसअघि विश्वकै प्रतिष्ठित ७९औं कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’विधा अन्तर्गत ऐतिहासिक ‘जुरी प्राइज’ जितिसकेको छ।

कान्सको इतिहासमा कुनै पनि नेपाली फिल्मले मुख्य वा समानान्तर विधामा यति ठूलो आधिकारिक अवार्ड जितेको यो पहिलो पटक हो। अविनाशविक्रम शाहको‌ लेखन तथा निर्देशन र अनुप पौडेलको निर्माणमा तयार भएको यो फिल्म नेपालमा भने गत भदौमा प्रदर्शन भएको थियो ।

नेपाल, जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेको सह-उत्पादनमा बनेको यो फिल्ममा पुष्पाले किन्नर समुदायकी ‘पिरती’ नामक केन्द्रीय  चरित्रलाई पर्दामा जीवन्त रूपमा उतारेकी छन् ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै अभिनेत्री लामाले यो सम्मान आफ्ना लागि जीवनभरको विशेष कोशेढुंगा भएको बताइन्। उनले भनिन्, ‘यो सम्मान पाउनु मेरा लागि ठूलो गौरवको विषय हो, जसले मलाई ‘पिरती’ को चरित्रसँग सदाका लागि जोडिदिएको छ ।’

त्यस्तै, निर्देशक अविनाशविक्रम शाहले पनि सामाजिक सञ्जालमा खुसी साट्दै चार वर्षको निर्माण यात्रामा पुष्पाले दिएको साथ र देखाएको इमानदारी सधैं अविस्मरणीय रहने बताए । उनले भने, ‘पिरतीलाई पर्दामा जीवन्त बनाउने क्रममा उहाँले देखाउनुभएको संवेदनशीलता, साहस र इमानदारी हाम्रा लागि सधैँ विशेष रहनेछ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
काठमाडौंमा जुट्दै एसिया-प्रशान्तका ३८ देशका सांसद , फेब्रुअरीमा आईपीयू सम्मेलन गर्ने तयारी

काठमाडौंमा जुट्दै एसिया-प्रशान्तका ३८ देशका सांसद , फेब्रुअरीमा आईपीयू सम्मेलन गर्ने तयारी

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

#एसिया #प्रशान्त
Compare →
Hamro Patro News
3d ago
एआई केन्द्रित लगानीको सुरक्षात्मक विकल्प बन्दै भारतीय रुपैयाँ, चालु आर्थिक वर्षमा एसियाकै उत्कृष्ट मुद्रामध्ये पर्न सफल

एआई केन्द्रित लगानीको सुरक्षात्मक विकल्प बन्दै भारतीय रुपैयाँ, चालु आर्थिक वर्षमा एसियाकै उत्कृष्ट मुद्रामध्ये पर्न सफल

एजेन्सी । चालु आर्थिक वर्ष २०२६÷२७ मा भारतीय रुपैयाँ एसियाकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बन्न सफल भएको छ । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित लगानीको जोखिम न्यूनीकरण गर्ने...

#एसिया #उत्कृष्ट
Compare →
Onlinekhabar
5d ago
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का …

#एसिया
Compare →
Arthasansar
1w ago
यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार...

#एसिया
Compare →
Bizshala
1w ago
२४ घण्टामै स्टार्टअपको परीक्षा, उत्कृष्ट तीन टोली सीधै लगानीकर्तासामु

२४ घण्टामै स्टार्टअपको परीक्षा, उत्कृष्ट तीन टोली सीधै लगानीकर्तासामु

काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) को संयुक्त...

#मञ्च #उत्कृष्ट
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612