Trending
Prev Story
Next Story

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

Nagarik News •
October 31, 2026 • 04:46 AM
1
1 reads 0 reactions

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा ८ जना नभेटिएपछि घटना सार्वजनिक भएको हो। अहिले कारागारको सीसीटीभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्।

फरार हुनेमा रुकुम पश्चिम, डोल्पा, सल्यान र जाजरकोटका गरी ८ जना छन्। तीमध्ये ६ जना विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदी हुन् भने दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक छन्। त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का २८ वर्षीय हरिबहादुर बुढा र जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कपिल परियार पनि फरार भएका छन्।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका-३ का ३२ वर्षीय आदेश भण्डारी भने चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

प्रहरी तथा प्रशासनले घटनाबारे थप विवरण संकलन गरिरहेको छ। सुरुङ खनेर उनीहरू कसरी कारागारबाट बाहिरिए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १०:३१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ, अझै ६ फरार

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ, अझै ६ फरार

काठमाडौं । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रुकुम पश्चिममा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्र...

#फरार #डोल्पा #कारागार
Compare →
Onlinekhabar
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ …

#फरार #डोल्पा #कारागार
Compare →
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#फरार #कारागार #सुरुङ
Compare →

Related Stories

Technology
Build #2611