Trending
Prev Story
Next Story

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

Ekantipur •
November 03, 2026 • 06:01 AM
1
1 reads 0 reactions

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

सुर्खेत — डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट आएको पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् ।

केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोससिह राठौरले बताए । डीआईजी र केन्द्रको टोलीले पुगेर स्थलगत अनुगमन र अध्ययन गर्ने उनको भनाइ छ ।

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ। घटनाबारे बुझ्न पुगेका डीआईजी सापकोटाले कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखिएको बताए । ‘म आफैं घटनास्थलमा पुगेर छानबिन गर्छु। छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिलाई निलम्बन गरिनेछ,’ उनले भने।

लागुऔषध कारोबारको घटनापछि कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै कैदीबन्दी फरार भएका थिए। नयाँ इन्चार्ज खटाइएको तीन दिनमै शुक्रबार राति कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताएकी थिइन्।

शनिबार बिहान ६ बजे कैदीबन्दी गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ बनाएका थिए। सुरुङ खन्ने क्रममा बीचमा सेप्टिक ट्यांकी परेपछि त्यसलाई छल्दै बाहिर निस्किएको पाइएको छ। सुरुङको लम्बाइ करिब साढे तीन मिटर र गहिराइ चारदेखि पाँच फिट रहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।

फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्। उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए।

घटनाको अनुसन्धान गर्न यसअघि प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय जिल्ला छानबिन समिति गठन गरिएको थियो। केन्द्रीय टोलीसमेत पुगेपछि कारागार प्रशासनको भूमिका, सुरक्षामा खटिएका कर्मचारीको जिम्मेवारी र सम्भावित लापरबाहीबारे थप अनुसन्धान हुने भएको छ। घटनापछि फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले सम्भावित नाका तथा आवतजावतका क्षेत्रमा निगरानी बढाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सुरुङ खनेर डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। पछिल्लो पक्राउसँगै प्रहरी नियन्त्रणमा आउने कैदीको संख्या ६ पुगेको छ।

#कारागार #सुरुङ #कैदी
Compare →
Nagarik News
5d ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#कारागार #सुरुङ #फरार
Compare →
Onlinekhabar
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ …

#कारागार #फरार #कैदी
Compare →

Related Stories

Business & Economy
Build #2612