Trending
Prev Story
Next Story

एनपीएलमा आज दुई खेल, शीर्षताको होड

Ekantipur •
November 03, 2026 • 06:01 AM
1
1 reads 0 reactions

विराटनगर किंग्सबाट खेलिरहेका एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीको अन्तिम खेल

एनपीएलमा आज दुई खेल, शीर्षताको होड

विराटनगर किंग्सबाट खेलिरहेका एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीको अन्तिम खेल

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर र लुम्बिनीसँग शीर्ष स्थानमा पुग्ने अवसर रहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ । जनकपुर पहिलो ३ खेलमा २ जितका साथ शीर्ष स्थानमा रहेको छ । विराटनगरको ३ खेलमा २ हार र एक जित रहेको छ ।

जनकपुरले विराटनगरसँग खेल जित्न नसकेको खण्डमा लुम्बिनी सामु दोस्रो खेलमा शीर्ष स्थानमा पुग्ने मौका आउनेछ । लुम्बिनीको २ खेलमा ३ अंक रहेको छ । जनकपुर हारेको खण्डमा लुम्बिनीले आफ्नो खेल जित्दा ५ अंक हुनेछ र टोली कर्णाली याक्स एवं जनकपुरलाई उछिन्दै शीर्ष स्थानमा उक्लनेछ ।

जनकपुरमाथि विजय हात पारेमा तथा लुम्बिनीलाई पोखराले पराजित गरेमा विराटनगर शीर्ष स्थानमा पुग्नेछ । पोखरा पहिलो दुवै खेलमा पराजित रहेको छ ।

विराटनगर किंग्सका वेस्ट इन्डिजका खेलाडी एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीका लागि एनपीएलको यो सिजनमा अन्तिम खेल हो । दुवै जना अबुधाबी टी–१० खेल्न यूएई लाग्दै छन् । मोइनको कप्तानीमा रसेल अरेबियन एसेसमा एकै टोलीमा रहेका छन् ।

जनकपुरले मोइनको स्थानमा रायन बर्ललाई टोलीमा समावेश गरेको घोषणा गरिसकेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #जनकपुर #बोल्ट्स
Compare →
Nagarik News
9h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612