Trending
Prev Story
Next Story

कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने

Nagarik News •
October 31, 2026 • 04:00 AM
1
1 reads 0 reactions

सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ।

कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने

सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ।

जलवायु परिवर्तनका मुद्दामा सबै दलको साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो तयारी गरेको हो।

यसै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सत्तारुढ दलका अतिरिक्त प्रतिनिधिसभामा रहेका अन्य दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको चाहनाअनुसार आयोजित छलफलमा जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय सहमति कायम गर्ने विषयमा कुराकानी भएको थियो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको बैठकमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप ३१ मा नेपालको सहभागिताबारे छलफल भएको थियो।

बैठकमा सम्मेलनमा नेपालले प्राथमिकताका साथ उठाउनुपर्ने विषय र राष्ट्रिय हितका सवाललाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नेबारे पनि छलफल भएको बताइएको छ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा र जलवायु वित्तजस्ता विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्ने सरकारको जोड छ।

यी विषयमा साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउने उद्देश्यले सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई पनि सम्मेलनमा सहभागी गराउने तयारी गरेको हो।

प्रकाशित: १४ कार्तिक २०८३ ०९:४५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#जलवायु #कोप #सहभागी
Compare →
Hamro Patro News
6h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

#जलवायु #कोप
Compare →
Ekantipur
9h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#जलवायु #कोप
Compare →
Bizshala
11h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2611