Trending
Prev Story
Next Story

सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणमा ढिलाइ

Hamro Patro News •
October 31, 2026 • 03:06 AM
1
1 reads 0 reactions

सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । वनक्षेत्रका रुख कटानको अनुमति नपाउँदा निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन...

1 / 2
Swipe Photos

सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । वनक्षेत्रका रुख कटानको अनुमति नपाउँदा निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका सूचना अधिकारी युवराज विष्टले बताउनुभयो । उहाँले स्वीकृति प्राप्त भएपछि रोकिएका टावरको जग निर्माण अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजना छिटो सम्पन्न गर्न रुख कटानका लागि मन्त्रीपरिषद्बाट स्वीकृति आए काम अघि बढाइने छ ।

करिब ८० करोड रुपियाँ लागतमा निर्माण हुन लागेको आयोजना २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर निर्धारित समयभित्र निर्माण पूरा हुन सकेन । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १०१ वटा टावरमध्ये हालसम्म ४१ वटा निर्माण सम्पन्न भएका छन् भने ८१ वटाको फाउन्डेसन निर्माण भएको छ । बाँकी २० वटा टावर वनक्षेत्रमा पर्ने भएकाले निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ ।

#सुर्खेत #दैलेख #प्रसारण
Compare →
Onlinekhabar
6d ago
वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख …

#सुर्खेत #दैलेख #लाइन
Compare →
Bizshala
1w ago
बाढीले रोकिएको घलेम्दीको विद्युत् उत्पादन पुनः सुरु, आम्दानीमा राहत पुग्ने

बाढीले रोकिएको घलेम्दीको विद्युत् उत्पादन पुनः सुरु, आम्दानीमा राहत पुग्ने

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको घलेम्दी खोला...

#प्रसारण #लाइन
Compare →
Nagarik News
4d ago
बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

#दैलेख
Compare →
Arthasansar
1w ago
रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने...

#लाइन
Compare →

Related Stories

Technology
Build #2612