कहिले एकपक्षीय दबदबा, कहिले अन्तिम बलसम्मको तनाव र नेपाली खेलाडीको चम्किलो प्रदर्शनले पहिलो सातालाई यादगार बनाएको छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ को पहिलो साताका खेलले प्रतियोगितामा अपेक्षाभन्दा बढी रोमाञ्चकता थपेका छन् । सुरुवाती ६ खेलमा कतै एकपक्षीय जित देखियो त कतै अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धा । कुनै टोलीले आफ्नो शक्ति देखाउँदा कुनै टोली जितको खोजीमा संघर्षरत छन् । टोलीहरूको यही उतारचढाव र नेपाली खेलाडीको प्रभावशाली प्रदर्शनले एनपीएलको सुरुवातलाई निकै रोचक बनाएको छ ।