त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न संस्थालाई भाडामा दिएको जग्गा तथा संरचनाबाट सम्झौता अनुसार लिनुपर्ने रकम उठाउन कठिन भएको छ ।
आन्तरिक आम्दानी घट्दा आर्थिक कठिनाइ बेहोरिरहेको त्रिविले बक्यौता रकम उठाउने कोसिस गरिरहेको छ तर पूरा उठाउन सकेको छैन । त्रिविका अनुसार सबैभन्दा धेरै रकम त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (युडब्लुटिसी) सँग लिन बाँकी छ । त्रिवि सामान्य प्रशासन महाशाखाका अनुसार युडब्लुटिसीसँग चार करोड रुपियाँ उठाउन बाँकी छ ।
Read full story at source ( gorkhapatraonline.com )