Trending
Prev Story
Next Story

पत्रकार धरपकडबारे प्रहरी : प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोमा बोलाइएको हो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि नेपाल प्रहरीले पत्रकारलाई साइबर ब्युरोमा बोलाएको स्पष्टीकरण दिएको छ। नेपाल प्रहरीले हिजो नयाँ पत्रिका कार्यालयमा साढे …

पत्रकार धरपकडबारे प्रहरी : प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोमा बोलाइएको हो

१४ कात्तिक, काठमाडौं । प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि नेपाल प्रहरीले पत्रकारलाई साइबर ब्युरोमा बोलाएको स्पष्टीकरण दिएको छ।

नेपाल प्रहरीले हिजो नयाँ पत्रिका कार्यालयमा साढे २ घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो । केही पत्रकारलाई पक्राउ पछि छाडेको थियो ।

उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।

प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ छ।

प्रधानमन्त्री कार्यालयबाट भएको उक्त चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेको नेपाल प्रहरीको वक्तव्यमा छ ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको छ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा भनिएको छ।

प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको पनि जनाएको छ।

‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने’ प्रहरीको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
साइबर ब्युरोमा शिवाकोटी–खड्काबीच सहमति, अब अप्रमाणित विषय नलेख्ने प्रतिबद्धता

साइबर ब्युरोमा शिवाकोटी–खड्काबीच सहमति, अब अप्रमाणित विषय नलेख्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार रोशन खड्काबीच सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर निम्तिएकाे विवाद सहमतिमा टुंगिएको छ । साइबर ब्युरोमा भएको छलफलपछि दुवै पक्षल...

#साइबर #ब्युरो
Compare →
Nagarik News
5d ago
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।

#साइबर #ब्युरो
Compare →
Ekantipur
1w ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् ।

#साइबर #ब्युरो
Compare →
Arthasansar
1w ago
राष्ट्र बैंकको निर्देशन : बैंक तथा वित्तीय संस्थामा ‘साइबर स्क्याम प्रतिकार्य केन्द्र ’ का लागि सम्पर्क अधिकृत तोक्नु

राष्ट्र बैंकको निर्देशन : बैंक तथा वित्तीय संस्थामा ‘साइबर स्क्याम प्रतिकार्य केन्द्र ’ का लागि सम्पर्क अधिकृत तोक्नु

नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत...

#साइबर
Compare →
Bizshala
1w ago
पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ...

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2611