झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।
नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी उनले अब एकल महिला भत्ता पाउने भएकी छन् । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उनी सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहेकी थिइन् । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आएकी थिइन ।
Read full story at source ( ratopati.com )