Trending
Prev Story
Next Story

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

Onlinekhabar •
November 02, 2026 • 04:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता …

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

२०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

नागरिकता नहुँदा उनी लामो समयदेखि राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित थिइन् । अब भने उनका लागि सामाजिक सुरक्षा भत्ता पाउने बाटोसमेत खुलेको छ ।

विवाह गरेर रुकुमपूर्व आएकी शान्तिदेवीको माइतीतर्फ बुबाआमासहित परिवारका सदस्य कोही थिएनन् । त्यसैले नागरिकता बनाउन आवश्यक पारिवारिक विवरण र कागजात जुटाउन उनलाई कठिन भयो । त्यसमाथि उनका श्रीमानको २०६७ सालमै मृत्यु भएपछि नागरिकता प्राप्तिको प्रक्रिया थप जटिल बनेको थियो ।

नागरिकता बनाउन आवश्यक कागजात जुटाउन आफन्तजनको सहयोगमा उनले प्रयास गर्दै आएकी थिइन् ।

केही समयअघि जिल्ला प्रशासन कार्यालय पुगेपछि उनको समस्याबारे जानकारी पाएको प्रशासनले नागरिकता दिलाउन आवश्यक प्रक्रिया अघि बढायो । आफन्तजनको सहयोग र प्रशासनको सहजीकरणमा करिब एक सातामै आवश्यक कागजात जुटाएर उनलाई नागरिकता प्रदान गरिएको हो ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले लामो समयदेखि नागरिकताविहीन रहेकी शान्तिदेवीलाई प्रशासनको पहलमा नागरिकता दिलाउन सफल भएको बताइन् ।

‘उहाँ केही समयअघि नै नागरिकता बनाउन प्रशासन कार्यालय आउनुभएको थियो। माइतीतर्फ बुबाआमासहित कोही नरहेको र श्रीमान्को पनि मृत्यु भइसकेको रहेछ । त्यसैले आवश्यक कागजात जुटाउन केही समय लाग्यो। प्रशासनको तर्फबाट प्रयास गर्‍यौँ, कागजात जुटायौँ र अन्तत: नागरिकता दिलाउन सफल भयौँ,’ राईले भनिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । ग...

#नागरिकता #कात्तिक
Compare →

Related Stories

National (Nepal)
Build #2611