Trending
Prev Story
Next Story

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ

Ekantipur •
October 21, 2026 • 12:41 PM
1
1 reads 0 reactions

लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ ।

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ

लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ ।

बर्दिया — बाँकेका तीनजना ब्राउन सुगरसहित बर्दियाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाबाट समातिएका छन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका–३ का ३८ वर्षिय किस कुमार थारुबाट १४ ग्राम ४ सय ७० मिलिग्राम लागुऔषध खैरो ब्राउन सुगर बरामद गरेको बर्दिया प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताए ।

गुलरिया नपा–११ महम्मदपुरस्थित प्रहरी चौकीबाट खटिएको टोलीले पनि बाँके राप्ती सोनारी–१ खोकरीका २७ वर्षिय सुनिल भण्डारीलाई २ सय ५० मिलीग्राम लागुऔषध खैरो ब्राउन सुगरसहित समातेको छ । यस्तै बाँके खजुराका २८ वर्षिय तीर्थराम कादु पनि १ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको देउवाले जनाए ।

तीनै जनालाई नियंत्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बुधबार साँझ लगभग एउटै समयमा फरक २ ठाउँबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेको...

#ब्राउन #सुगरसहित
Compare →
Bizshala
2w ago
मोरङमा ब्राउन सुगरसहित तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई घाइते

मोरङमा ब्राउन सुगरसहित तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई घाइते

काठमाडौं । मोरङको रतुवामाईबाट करिब ५०० ग्राम ब्राउन सुगर, घरेलु पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ...

#ब्राउन #सुगरसहित
Compare →
Nagarik News
2w ago
अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

धानबालीमा हुन सक्ने यो सम्भावित ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकार तथा कृषि विकास कार्यालय बाँकेले किसानका लागि विशेष अपिल र जरुरी सूचना जारी गरेको छ।

#बाँके
Compare →

Related Stories

Business & Economy
Build #2611