Trending
Prev Story
Next Story

दिनभर सञ्चारगृहमा प्रहरीको धरपकड, चौतर्फी विरोधपछि पक्राउ परेका सबै पत्रकार रिहा

Hamro Patro News •
October 30, 2026 • 04:40 PM
1
1 reads 0 reactions

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीलाई लिएर नेपाल प्रहरीका सादा पोसाकमा खटिएका टोलीले सञ्चारगृहका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र सोधपुछका नाममा धरपक...

1 / 2
Swipe Photos

समाचार कक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिने र हतोत्साहित बनाउने कार्यप्रति राजनीतिक दल, प्रेस काउन्सिल तथा विभिन्न सरोकारवाला निकायले कडा विरोध जनाएपछि र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकारहरू शुक्रबार राति रिहा भएका छन् ।

प्रहरी टोलीले नयाँ बानेश्वरस्थित ‘नेपाल प्रेस’को समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदी, अनामनगरस्थित ‘मोटिभेट न्युज’का अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र ‘डीएनए खबर’का प्रधान सम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। त्यसैगरी ‘नयाँ पत्रिका दैनिक’को पुतलीसडकस्थित कार्यालयमा पनि सादा पोसाकका प्रहरी टोली पुगेर वरिष्ठ संवाददाता नवराज मैनाली र सम्पादक खगेन्द्र पन्तलाई नियन्त्रणमा लिन भन्दै अढाइ घण्टाभन्दा बढी समय कार्यालयमै अडान लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल पत्रकार महासंघले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

#नियन्त्रण #पत्रकार #धरपकड
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →
Onlinekhabar
1w ago
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक, काठमाडौं । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न …

#नियन्त्रण #प्रहरीको
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रिहा
Compare →

Related Stories

National (Nepal)
Build #2612