Trending
Prev Story
Next Story

सरकार फासिवादी प्रवृत्तिमा : एमाले

Nagarik News •
October 30, 2026 • 04:04 PM
1
1 reads 0 reactions

नेकपा (एमाले) ले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारको कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिँदै त्यसको विरोध गरेको छ।

सरकार फासिवादी प्रवृत्तिमा : एमाले

नेकपा (एमाले) ले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारको कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिँदै त्यसको विरोध गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सञ्चारगृहमा छापा मार्ने, पत्रकारलाई पक्राउ गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्य निन्दनीय, अलोकतान्त्रिक र फासिवादी प्रवृत्तिको द्योतक भएको बताएका छन्।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै एमालेले सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको जनाएको छ।

‘कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

राज्यका निकायहरू कानुनी शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको एमालेको भनाइ छ।

एमालेले सञ्चारमाध्यममाथि हुने गैरकानुनी हस्तक्षेप र पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार एवं प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ।

सरकारको कदमको निन्दा गर्दै एमालेले पक्राउ परेका सञ्चारकर्मीलाई विनासर्त रिहा गर्नसमेत माग गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ २१:४९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले

सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले

काठमाडौं - नेकपा (एमाले) ले सञ्चारकर्मीमाथि भइरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको आरोप लगाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सरकारले सञ्चारगृहमा छापा मार्ने र सञ्...

#फासिवादी #एमा
Compare →
Ekantipur
2w ago
लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’

लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’

सरकार गठन भएको ३ महिना नपुग्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाउने तयारी भए पनि सत्तासाझेदार नेकपा र जसपा नेपालले प्रस्ताव अस्वीकार गरेका छन् ।

#एमा
Compare →
Onlinekhabar
1w ago
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2611