Trending
Prev Story
Next Story

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

Nagarik News •
October 30, 2026 • 03:44 PM
1
1 reads 0 reactions

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झासहित संस्थानका विभिन्न चिस्यान केन्द्र तथा कारखानामा कार्यरत तत्कालीन प्रमुख र कर्मचारी छन्। उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा संगठित सञ्जाल बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

उनीहरूलाई आपराधिक विश्वासघात तथा संगठित अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

झा यसअघि २०८० सालमा पनि डीडीसीको दूध बिक्रीबाट प्राप्त करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपमा पक्राउ परेका थिए। उनी २०७८ चैत १४ गते संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए।

प्रकाशित: १३ कार्तिक २०८३ २१:२९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
डीडीसीका पूर्वमहानिर्देशक सञ्जीव झासहित आठ जना पक्राउ

डीडीसीका पूर्वमहानिर्देशक सञ्जीव झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहानिर्देशक सञ्जीव झालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। सीआईबीले सरकारी स्वामित्वको डीडीसीलाई रु १२ करोडभन्दा बढी आर्थिक ह...

#संस्थान #डीडीसी #झासहित
Compare →
Bizshala
2w ago
सरकारी दुग्ध संस्थानमा करोडौँको अनियमितता आशंका, पूर्वमहाप्रबन्धकसहित आठमाथि अनुसन्धान

सरकारी दुग्ध संस्थानमा करोडौँको अनियमितता आशंका, पूर्वमहाप्रबन्धकसहित आठमाथि अनुसन्धान

काठमाण्डौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा उच्च व्यवस्थापनदेखि चिस्यान केन्द्रका कर्मचारीसम्मको...

#संस्थान #पूर्वमहाप्रबन्धक
Compare →
Ekantipur
2w ago
भिडियो : यता प्रधानमन्त्री डीडीसी प्रचार गर्ने, उता किसान पैसा नपाउने

भिडियो : यता प्रधानमन्त्री डीडीसी प्रचार गर्ने, उता किसान पैसा नपाउने

डीडीसीले नियमित भुक्तानी नगर्दा धनकुटाका किसान पशुपालन छाड्न बाध्य हुन थालेका छन् र दूध उत्पादन घट्दै गएको छ।

#डीडीसी
Compare →
Onlinekhabar
3w ago
दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ

१३ कात्तिक, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धक संजीव झासहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका …

#संस्थान #पूर्वमहाप्रबन्धक
Compare →

Related Stories

National (Nepal)
Build #2611