विराटनगर । कुनै समय थियो, उनी लोकल बसको छत र डिक्कीमा दूधका क्यान राखेर बजार पुर्याउँथे । बाटो बिग्रिएका हुन्थे, बत्तीको ठेगान थिएन । गर्मीयाममा बजार पुग्दा नपुग्दै दूध बिग्रन्थ्यो ।
सुरुवाती दिनमा मात्रै उनले करिब २५ लाख रुपैयाँ बराबरको दूध फाटेर नालीमा बगाउनुपर्यो । तर उनले हरेस खाएनन् । निरन्तरको मेहेनत, धैर्यता र आफ्नै पाखुराको बलमा विश्वास गर्ने मोरङको कानेपोखरी गाउँपालिका–२, केरौनका राजकुमार खनाल आज सोही ठाउँमा ५ करोड रुपैयाँभन्दा बढी लगानीको भव्य ‘पौरखी डेरी उद्योग’का मालिक बनेका छन् ।
Read full story at source ( ratopati.com )