Trending
Prev Story
Next Story

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धक संजीव झासहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका …

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ

१३ कात्तिक, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धक संजीव झासहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका झा हाल संस्थानकै प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

पक्राउ पर्ने अन्यमा तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल बालाजुस्थित दुग्ध वितरण आयोजनामा कार्यरत विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल केन्द्रीय कार्यालयमा कार्यरत मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा कार्यरत रामकेवल राय पक्राउ छन् ।

यसैगरी बागमती धुलो दूध कारखाना हेटौंडामा कार्यरत जितेन्द्रकुमार यादव, नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी पनि पक्राउ परेको सीआईबीले जनाएको छ  ।

सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक झासहितका उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा अनियमिता भएको उजुरी परेको थियो ।

सोही उजुरीपछि संस्थानलाई आर्थिक हानि पुर्‍याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि  प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

#दुग्ध #संस्थान #विकास
Compare →
Bizshala
10h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#विकास
Compare →
Ekantipur
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।

#विकास
Compare →

Related Stories

Technology
Build #2611