Trending
Prev Story
Next Story

भक्तपुरमा खड्गजात्रा सकियो

Ekantipur •
October 22, 2026 • 11:26 AM
1
1 reads 0 reactions

जात्राका क्रममा तलेजुसँग सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुर्‍याएपछि सर्वसाधारणलाई पूजा र दर्शन गर्न दिने परम्परा छ।

भक्तपुरमा खड्गजात्रा सकियो

जात्राका क्रममा तलेजुसँग सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुर्‍याएपछि सर्वसाधारणलाई पूजा र दर्शन गर्न दिने परम्परा छ।

भक्तपुर — बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्गजात्रा सम्पन्न भएको छ। पायःद्यो जात्राका क्रममा तलेजु भवानीलाई नगर परिक्रमा गराइएको थियो ।

जात्राका क्रममा तलेजुसँग सम्बद्ध राजोपाध्यायले पायःद्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुर्‍याएपछि सर्वसाधारणलाई पूजा र दर्शन गर्न दिने परम्परा छ।

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरका विभिन्न टोलमा जात्रा गर्दै दरबार स्क्वायर पुगेपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गर्ने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो।

यस वर्ष तलेजु भवानी नगरको तल्लो क्षेत्रमा आएकी थिइन्। तलेजु मन्दिरबाट खौमा हुँदै इताछे, तेखापुखु र नासमनाको परिक्रमा गरेर पुनः तलेजु प्रवेश गरिएको थियो। नवदुर्गा भवानी र तलेजु भवानी तमारी टोलबाट आआफ्नो द्योछेँमा प्रस्थान गरेका थिए।

संस्कृतिविद् कायस्थका अनुसार राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) मा ल्याएपछि पङ्क्तिबद्ध रूपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने परम्परा छ। तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्त गरेपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन छ।

बडादशैँको मध्यरातमा मनाइने ऐतिहासिक एवं धार्मिक-सांस्कृतिक महत्त्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरेको कायस्थले जानकारी दिए।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु हुने परम्परा छ।

जात्राअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि तलेजुको मूलचोकबाट बाहिर ल्याएर भक्तपुर नगरमा डुलाउने गरिन्छ। जात्राका क्रममा ब्रह्मायणी र तलेजुलाई नगरका विभिन्न क्षेत्रमा परिक्रमा गराउने तथा तलेजुको वाहन सेतो घोडालाई पछि लगाएर जात्रा मनाउने परम्परा छ। तर, घोडा बिरामी भएपछि विगत दुई वर्षदेखि घोडेजात्रा रोकिएको छ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#भक्तपुर
Compare →
Nagarik News
4d ago
महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

#भक्तपुर
Compare →
Onlinekhabar
1w ago
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ …

#भक्तपुर
Compare →

Related Stories

National (Nepal)
Build #2611